शनिबार, वैशाख ८ गते २०८१    
images
images

पाँच वर्षयताकै सर्वाधिक लाभांशले युनिलिभर नेपालको सेयर मूल्य एकैदिन १२०० रुपैयाँले बढ्यो

images
images
पाँच वर्षयताकै सर्वाधिक लाभांशले युनिलिभर नेपालको सेयर मूल्य  एकैदिन १२०० रुपैयाँले बढ्यो
images
images

काठमाडौं- पाँच वर्षयताकै आकर्षक लाभांश घोषणासँगै युनिलिभर नेपाल लिमिटेडको सेयर मूल्य सर्वाधिक बढेको छ। साताको अन्तिम दिन बिहीबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता १२०० रुपैयाँ बढेर १९५०० रुपैयाँमा अन्तिम कारोबार भएको हो।

images
images
images

समग्र सेयर बजार घटेपनि कम्पनीको सेयर मूल्य भने बढेको हो। बिहीबार प्रतिकित्ता १८६६६ रुपैयाँबाट सुरु भएको यस कम्पनीको सेयर हाल १९५०० रुपैयाँमा कारोबार बन्द भएको हो। 

images

कम्पनीले आज गत वर्षका लागि पछिल्लो पाँच वर्ष यताकै सर्वाधिक लाभांशको घोषणा गरेको छ। कम्पनीले लगानीकर्तालाई १२१५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। 

images

लाभांश वितरण प्रयोजनका लागी कम्पनीले आगामी मंसिर ४ गते बुक क्लोज मिति तोकेको छ। मंसिर १ गते बिहीबारसम्म कायम सेयरधनीले उक्त लाभांश प्राप्त गर्नेछन्।

images
images

हाल नेप्सेमा कम्पनीको ९ लाख २० हजार ७०० कित्ता सेयर सूचीकृत छ भने चुक्ता पुँजी ९ करोड २० लाख बढी छ।

 

images

प्रकाशित : बिहीबार , कात्तिक १७ २०७९१०:०९

प्रतिक्रिया दिनुहोस