शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

पाँच वर्षयताकै सर्वाधिक लाभांशले युनिलिभर नेपालको सेयर मूल्य एकैदिन १२०० रुपैयाँले बढ्यो

बिहीबार , कात्तिक १७ २०७९
पाँच वर्षयताकै सर्वाधिक लाभांशले युनिलिभर नेपालको सेयर मूल्य  एकैदिन १२०० रुपैयाँले बढ्यो

काठमाडौं- पाँच वर्षयताकै आकर्षक लाभांश घोषणासँगै युनिलिभर नेपाल लिमिटेडको सेयर मूल्य सर्वाधिक बढेको छ। साताको अन्तिम दिन बिहीबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता १२०० रुपैयाँ बढेर १९५०० रुपैयाँमा अन्तिम कारोबार भएको हो।

समग्र सेयर बजार घटेपनि कम्पनीको सेयर मूल्य भने बढेको हो। बिहीबार प्रतिकित्ता १८६६६ रुपैयाँबाट सुरु भएको यस कम्पनीको सेयर हाल १९५०० रुपैयाँमा कारोबार बन्द भएको हो। 

कम्पनीले आज गत वर्षका लागि पछिल्लो पाँच वर्ष यताकै सर्वाधिक लाभांशको घोषणा गरेको छ। कम्पनीले लगानीकर्तालाई १२१५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। 

लाभांश वितरण प्रयोजनका लागी कम्पनीले आगामी मंसिर ४ गते बुक क्लोज मिति तोकेको छ। मंसिर १ गते बिहीबारसम्म कायम सेयरधनीले उक्त लाभांश प्राप्त गर्नेछन्।

हाल नेप्सेमा कम्पनीको ९ लाख २० हजार ७०० कित्ता सेयर सूचीकृत छ भने चुक्ता पुँजी ९ करोड २० लाख बढी छ।

 


प्रकाशित : बिहीबार , कात्तिक १७ २०७९१०:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend