आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालय एयरलाइन्सले सुरु गर्‍यो अन्तर्राष्ट्रिय उडान, १३७ यात्रु लिएर क्वालालम्पुर उड्यो

images
बिहीबार , कात्तिक १७ २०७९
images
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालय एयरलाइन्सले सुरु गर्‍यो अन्तर्राष्ट्रिय उडान, १३७ यात्रु लिएर क्वालालम्पुर उड्यो
images
images

काठमाडौं- हिमालय एयरलाइन्सले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सुरु गरेको छ। हिमालयले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्नो पहिलो अन्तर्राष्ट्रिय गन्तव्यको रूपमा क्वालालम्पुरमा नियमित चार्टर उडान सुरु गरेको हो।

images
images
images

बिहिबार भैरहवा–क्वालालम्पुर उडानमा १३७ यात्रु लिएर हिमालयले पहिलो उडान सुरु गरेको हो। नेपाल र मलेसियाको नागरिक उड्डयन प्राधिकरण र अन्य सान्दर्भिक ओभरफ्लाइङ इजाजतपत्र प्राप्त भए पश्चात ०३ नोभेम्बर २०२२, बिहीबारदेखि उडान सुरु भएको हो। 

images
images

himalaya (2).jpg

images
images

प्रारम्भिक चरणका लागि एयरलाइन्स्ले भैरहवा–क्वालालम्पुर–भैरहवा सेक्टरमा उडान गर्नेछ। भविष्यमा गौतमबुद्ध विमानस्थलमा कमर्सियल ग्राउन्ड ह्यान्डलिङ अनुमति प्राप्त भएपछि अन्य क्षेत्रमा पनि उडान विस्तार गर्ने जनाएको छ।

himalaya (3).jpg

एयरलाइन्सलाई त्रिभुवन विमानस्थलमा सेल्फ ग्राउन्ड ह्यान्डलिङ र गौतम बुद्ध विमानस्थलबाट कमर्सियल ग्राउन्ड ह्यान्डलिङ सेवा सञ्चालनको आश्वासन नेपाल नागरिक उड्डयन प्राधिकरणले दिएसँगै भैरहवाबाट उडान सुरु गरेको हो। 


प्रकाशित : बिहीबार , कात्तिक १७ २०७९०८:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend