शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

दोस्रो बजारको सबैभन्दा महँगो युनिलिभर नेपालले गर्‍यो पाँच वर्षयताकै धेरै लाभांश घोषणा

बिहीबार , कात्तिक १७ २०७९
दोस्रो बजारको सबैभन्दा महँगो युनिलिभर नेपालले गर्‍यो पाँच वर्षयताकै धेरै लाभांश घोषणा

काठमाडौं- युनिलिभर नेपालले पाँच वर्षयताकै धेरै लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्षका लागि १२१५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट कायम सेयरधनीहरुलाई प्रतिकित्ता १२१५ रुपैयाँका दरले नगद लाभांशस्वरुप दिने घोषणा गरेको छ।

प्रतिकित्ता १८ हजार ३०० रुपैयाँको दरले कम्पनीको दोस्रो बजारमा कारोबार भइरहेको छ। प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीले पाउनेछन्। साधारणसभा र लाभांश प्रयोजनका लागि कम्पनीले मंसिर ४ देखि २० गतेसम्म बुक क्लोज गर्ने जनाएको छ। 


प्रकाशित : बिहीबार , कात्तिक १७ २०७९०६:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend