बिहीबार , वैशाख १३ गते २०८१    
images
images

वित्तीय सूचकांकको उचाइसँगै एनआईसी एसियामा रोशनको 'दोस्रो इनिङ'

images
images
images
वित्तीय सूचकांकको उचाइसँगै एनआईसी एसियामा रोशनको 'दोस्रो इनिङ'
images
images

काठमाडौं- एनआईसी एसिया बैंक सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रोशनकुमार न्यौपानेलाई पुनः नियुक्त गरेको छ। सञ्चालक समितिले ४ वर्षको अवधिको लागि पुनर्नियुक्त गर्ने निर्णय गरेसँगै बैंकमा न्यौपानेको दोस्रो कार्यकाल सुरु हुनेछ।

images
images
images

सन् २००८ अप्रिलदेखि तत्कालिन बैंक अफ एशिया नेपाल लिमिटेडमा २८ वर्षको उमेरमा आन्तरिक लेखा परीक्षण विभागको इन्चार्जको जिम्मेवारीबाट बैंकको सेवामा जोडिएका सीईओ न्यौपाने प्रमुख जोखिम अधिकृत हुँदै सन् २०१८ मा सहायक प्रमुख कार्यकारी अधिकृत रहेका थिए। 

images

सहायक प्रमुख कार्यकारी अधिकृत हुँदै निमित्त प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकको नेतृत्व सम्हालेपछिको छोटो अवधिमा नै बैंकले विविध सूचकांकहरूमा उत्साहजनक व्यावसायिक उचाइ हासिल गरेपछि बैंक सञ्चालक समितिको ३८ वर्षको उमेरमा नै नेपालको अग्रणी वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त भएपछि मुलुकको सबैभन्दा ‘कान्छो सीईओ’ को रुपमा समेत चर्चित भएका थिए। 

images

रसुवा जिल्ला स्थायी घर भई हाल काठमाडौं बुढानीलकण्ठ बस्ने ४२ वर्षका न्यौपानेले उदाहरणीय क्षमता प्रदर्शन गर्दै आफ्नो करियरको छोटो अवधिमा नै अत्यन्त सफल प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकिङ क्षेत्रमा उदयमान भए।

images
images

उनको बैंकको नेतृत्वदायी भूमिकामा आएपछि उदाहरणीय लगन, परिश्रम, दृढता, संकल्प, दक्षता र दृढ अठोट प्रदर्शन गर्दै गर्दा बैंक अधिकांश वित्तीय सूचकांकहरूमा पहिलो नम्बरमा पुगेको छ। सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त भएपछि उनको नेतृत्वमा बैंकलाई मध्यम स्तरको बैंकबाट उच्च स्थानको बैंकमा पुर्‍याउने गरी सन् २०१४ मा पञ्चवर्षीय एकीकृत रणनीतिक योजना ‘रणनीति २०२०’ (स्ट्राटेजी २०२०) तयार गरी बैंकले आ.व. सन् २०१९-२० सम्ममा कर्जा, निक्षेप, सेवाग्राही संख्या, खुद मुनाफा, प्रतिसेयर आम्दानी, स्व-पूँजीमा प्रतिफल, शाखा सञ्जाल लगायतका अधिकांश वित्तीय तथा गैर वित्तीय परिसूचकहरूमा बैंकिङ क्षेत्रकै उत्कृष्ट बन्न सफल भएको थियो ।  

re appointment of Roshan K Neupane as CEO.JPG

न्यौपानेले बैंकको नेतृत्व सम्हालेपछि आफ्नो प्रथम कार्यकाल पूर्णरुपमा सफल बनाउँदै बैंकले अधिकांश सूचकहरूमा अग्रणी स्थान हासिल गर्न सफल भएको छ। बैंकले चालू आ.व. २०७९-८० को प्रथम त्रैमासमा खुद नाफा, ग्राहक संख्या, स्व-पूँजीमा प्रतिफल, प्रतिसेयर आम्दानी, शाखा कार्यालयहरू, एटिएम, विस्तारित काउन्टर लगायतका सूचकमा नम्बर एक स्थान हासिल गर्न सफल भएको छ। 

चालू आ.व.को पहिलो त्रैमासमा खुद मुनाफातर्फ १.७५ अर्ब आर्जन गर्दै सबैभन्दा धेरै खुद मुनाफा आर्जन गर्ने वाणिज्य बैंक बन्न सफल भएको छ। जुन मुनाफा वार्षिक विन्दुगत आधारमा ४९ प्रतिशतको वृद्धि हो। त्यसैगरी स्व-पूँजीमा प्रतिफल २६.५५ प्रतिशत र वार्षिक प्रति सेयर आम्दानी ५९.६२ रुपैयाँ आर्जन गर्न बैंक सफल भएको छ, जुन २६ वटै वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी हो। चालू आ.व. २०७९-८० को प्रथम त्रैमाससम्ममा कर्जा व्यवसायतर्फ कुल कर्जा रकम २७३.१० अर्ब रुपैयाँ र निक्षेपतर्फ कुल निक्षेप संकलन ३०८.१८ अर्ब रुपैयाँ पुर्‍याउन सफल भएको छ।

प्रमुख कार्यकारी अधिकृतको रुपमा न्यौपानेको कार्यकाल आ.व. २०७३-७४ देखि गत आ.व. २०७८-७९ सम्म यस बैंक तथा समग्र बैंकिङ क्षेत्रको विभिन्न सूचकांकहरूको तुलनात्मक अवस्था निम्नबमोजिम रहेको छ। न्यौपाने सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त हुँदा आ.व. २०७३/७४ मा बैंकको वासलातको आकारमा १० औं स्थान थियो। उक्त वर्ष १०१.१९ अर्ब रुपैयाँ रहेको वासलातको आकार गत आ.व.सम्ममा झन्डै चार गुणाले वृद्धि हुँदै ३५८.४२ अर्ब रुपैयाँ पुगेको छ। 

आ.व. २०७८/७९ मा यो समग्र वाणिज्य बैंकिङ क्षेत्रमा दोस्रो स्थान हो। सोही अवधिमा समग्र बैंकिङ क्षेत्रको वासलातको आकार २.१८ गुणाले वृद्धि भएको छ। त्यस्तै, २०७३-७४ मा ७२ अर्ब रुपैयाँ कर्जा विस्तार गरेर ९ औं स्थानमा रहेको यस बैंकले आ.व. २०७८/७९ मा ३.७२ गुणाले वृद्धि गर्दै २६८.२४ अर्ब रुपैयाँ पुर्‍याउन सफल भएको छ। सोही अवधिमा समग्र बैंकिङ क्षेत्रमा कर्जाको वृद्धि २.४३ गुणा मात्रै भएको थियो। 

त्यसैगरी बैंकले ५ वर्षको अवधिमा निक्षेप संकलनमा पनि ३.४० गुणाले वृद्धि गरेको छ। आ.व. २०७३-७४ मा ८६.७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ९ औं स्थानमा रहेको बैंकले गत आ.व.सम्म आइपुग्दा निक्षेपको आकार २९४.९८ अर्ब रुपैयाँ पुर्‍याउँदै दोस्रो स्थानमा आइपुगेको छ, जुन यस आ.व.को प्रथम त्रैमाससम्मको नातिजामा समेत उत्कृष्ट नतिजा रहेको छ। 

समग्र बैंकिङ क्षेत्रमा यस अवधिमा २.१७ गुणाले निक्षेप वृद्धि भएको छ। बैंकको चल्ती तथा बचत खाता (कासा डिपोजिट) मा पनि बैंकले ४.१५ गुणाले वृद्धि गर्दै १२ औं स्थानबाट तेस्रो स्थानमा फड्को मार्न सफल भएको छ। आ.व. २०७३-७४ मा कासा डिपोजिट २८.२७ अर्ब रुपैयाँ रहेकोमा गत आ.व.सम्म आइपुग्दा ११७.३९ अर्ब रुपैयाँ पुगेको छ। यस अवधिमा समग्र बैंकिङ क्षेत्रको कासा डिपोजिट वृद्धि १.९३ गुणामात्र वृद्धि भएको छ। 

बैंकले विभिन्न वित्तीय परिसूचकहरूमा उल्लेख्य प्रगति गर्नुको पछाडिको मुख्य कारण आम ग्राहक महानुभावहरूको प्रगाढ विश्वास दर्शाएका हुन्। न्यौपानेले बैंकको नेतृत्व सम्हालेपछिको ५ वर्षको अवधिमा ग्राहक महानुभावहरूको संख्यामा ६ गुणाले वृद्धि भएको छ। आ.व. २०७३-७४ मा ५ लाख ७१ हजार ग्राहक रहेकोमा गत आ.व.सम्म आइपुग्दा ग्राहक संख्या ३४ लाख ५४ हजारभन्दा बढी पुर्‍याउन सफल भएको छ । साथै, कर्जा लिने ग्राहक संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ। 

५ वर्षअघि ३० हजार ६ सय कर्जा लिने ग्राहक संख्या रहेकोमा उक्त संख्या ३ गुणाले वृद्धि हुँदै गत आ.व. सम्म आइपुग्दा ९३ हजार ८ सय पुगेको छ। उक्त अवधिमा समग्र बैंकिङ क्षेत्रमा कर्जा लिने ग्राहकको संख्यामा १.६६ गुणाले वृद्धि भएको छ। पछिल्लो समयमा बैंकले डिजिटल कारोबारमा पनि अग्रणी स्थान हासिल गरेको छ।

आ.व. २०७३-७४ मा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहक महानुभावहरूको संख्या १ लाख २१ हजार रहेकोमा गत आ.व.मा यो संख्या १६.३ गुणाले वृद्धि हुँदै १९ लाख ७२ हजार ६ सय पुगेको छ। त्यसैगरी, इन्टरनेट बैंकिङमा हेर्ने हो भने ४७ हजार ९ सयबाट ३ गुणा वृद्धि हुँदै १ लाख ४५ हजार ६ सय भन्दा बढी पुगेको छ। यस अवधिमा समग्र बैंकिङ क्षेत्रमा मोबाइल बैंकिङ ६.६० गुणा र इन्टरनेट बैंकिङ १.६७ गुणाले वृद्धि भएको छ। 

साथै, यस बैंक नेपालको बैंकिङ क्षेत्रमा सबैभन्दा धेरै एटीएम, पीओएस, क्युआर नेटवर्क निर्माण गर्दै ‘डिजिटल फष्र्ट बैंक’ को अवधारणालाई प्राथमिकतामा राखेर अगाडि बढेको छ। यस अवधिमा शाखा विस्तार, एटीएम एवं विस्तारित काउन्टरको संख्याको हिसाबले पहिलो नम्बरमा रहेको छ। ५ वर्षअघि ११९ शाखा कार्यालय र ७० एटीएम रहेकोमा गत वर्ष ३५९ शाखा र ४७४ एटीएम पुगेका छन्। यस अवधिमा समग्र बैंकिङ क्षेत्रमा शाखा कार्‍र्यालय २.२ गुणा, एटीएम २.२६ गुणाले वृद्धि भएको छ। 

आ.व. २०७३-७४ मा बैंकको कुल आम्दानी ३ अर्ब ४४ करोड १० लाख रुपैयाँ सहित बैंक ११ औं स्थानमा रहेकोमा गत वर्षसम्म आइपुग्दा बैंकले सो आम्दानी ४.२७ गुणाले वृद्धि गर्दै १४ अर्ब ७० करोड ६० लाख रुपैयाँ पुर्‍याउन सफल भएको छ। यस अवधिमा समग्र बैंकिङ क्षेत्रको कुल आम्दानी १.९ गुणाले वृद्धि भएको छ। साथै, बैंकको सञ्चालन नाफा ४.३२ गुणाले वृद्धि भएको छ। 

आ.व. २०७३-७४ मा १ अर्ब ८५ करोड ९० लाख रुपैयाँ रहेको संचालन नाफा गत वर्ष ८ अर्ब २ करोड ७० लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ। यस अवधिमा समग्र बैंकिङ क्षेत्रको सञ्चालन नाफा १.८७ गुणाले वृद्धि भएको थियो। यस अवधिमा स्व-पूँजीमा प्रतिफल १.०१ गुणाले वृद्धि गर्दै १९.५२ प्रतिशतबाट १९.६५ प्रतिशत, प्रति सेयर आम्दानी १.७८ गुणाले वृद्धि गर्दै २१.९६ रुपैयाँबाट ३९.१३ रुपैयाँ पुगेको छ। 

समग्र बैंकिङ क्षेत्रको अवस्था हेर्ने हो भने यस अवधिमा स्व-पूँजीमा प्रतिफल ०.६० गुणा र प्रति सेयर आम्दानी ०.८४ गुणाले वृद्धि भएको छ। यस अवधिमा समग्र बैंकको बजार पुँजीकरण २९ अर्ब ७८ करोड रुपैयाँबाट २.७ गुणाले वृद्धि हुँदै ८० अर्ब ४८ करोड रुपैयाँ पुगेको छ।

images

प्रकाशित : बुधबार, कात्तिक १६ २०७९१२:३३

प्रतिक्रिया दिनुहोस