शुक्रबार, वैशाख १४ गते २०८१    
images
images

एनआईसी एसिया बैंकको सीईओमा रोशनकुमार न्यौपाने पुनर्नियुक्त 

images
बिजनेस न्युज
images
images
एनआईसी एसिया बैंकको सीईओमा रोशनकुमार न्यौपाने पुनर्नियुक्त 

न्यौपानेलाई दोस्रो कार्यकालका लागि नियुक्त गरिएको हो। 

images
images

काठमाडौं-  एनआईसी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृतमा रोशनकुमार न्यौपाने पुनर्नियुक्त भएका छन्। 

images
images
images

बैंकको सञ्चालक समिति बैठकले न्यौपानेलाई थप एक कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो। २०७९ को मंसिर १५ गतेदेखि लागू हुनेगरी चार वर्षका लागि फेरि न्यौपानेलाई प्रमुख कार्यकारीका रुपमा बोर्डले नियुक्त गरेको छ। 

images

न्यौपानेलाई दोस्रो कार्यकालका लागि नियुक्त गरिएको हो। 

images

यसअघि बैंकमै कार्यरत न्यौपानेलाई २०७५ साल मंसिर १६ गतेदेखि पहिलोपटक प्रमुख कार्यकारी अधिकृत नियुक्त गरिएको थियो। न्यौपाने पहिलोपटक सीईओ हुँदा ३८ वर्षका थिए। 

images
images

न्यौपानेले बैंकको नेतृत्व सम्हालेपछि आफ्नो प्रथम कार्यकाल पूर्णरुपमा सफल बनाउँदै बैंकले अधिकांश सूचकहरुमा अग्रणी स्थान हासिल गर्न सफल भएको बैंकले जानकारी दिएको छ। चालू आ.व. २०७९/८० को प्रथम त्रैमासमा खुद नाफा, ग्राहक संख्या, स्व–पूँजीमा प्रतिफल, प्रतिशेयर आम्दानी, शाखा कार्यालयहरु, एटिएम, विस्तारित काउन्टर लगायतका सूचकमा नम्बर एक स्थान हासिल गर्न सफल भएको बैंकले दाबी गरेको छ। 


images

प्रकाशित : बुधबार, कात्तिक १६ २०७९११:४३
प्रतिक्रिया दिनुहोस