शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

एनआईसी एसिया बैंकको सीईओमा रोशनकुमार न्यौपाने पुनर्नियुक्त 

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, कात्तिक १६ २०७९
एनआईसी एसिया बैंकको सीईओमा रोशनकुमार न्यौपाने पुनर्नियुक्त 

न्यौपानेलाई दोस्रो कार्यकालका लागि नियुक्त गरिएको हो। 

काठमाडौं-  एनआईसी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृतमा रोशनकुमार न्यौपाने पुनर्नियुक्त भएका छन्। 

बैंकको सञ्चालक समिति बैठकले न्यौपानेलाई थप एक कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो। २०७९ को मंसिर १५ गतेदेखि लागू हुनेगरी चार वर्षका लागि फेरि न्यौपानेलाई प्रमुख कार्यकारीका रुपमा बोर्डले नियुक्त गरेको छ। 

न्यौपानेलाई दोस्रो कार्यकालका लागि नियुक्त गरिएको हो। 

यसअघि बैंकमै कार्यरत न्यौपानेलाई २०७५ साल मंसिर १६ गतेदेखि पहिलोपटक प्रमुख कार्यकारी अधिकृत नियुक्त गरिएको थियो। न्यौपाने पहिलोपटक सीईओ हुँदा ३८ वर्षका थिए। 

न्यौपानेले बैंकको नेतृत्व सम्हालेपछि आफ्नो प्रथम कार्यकाल पूर्णरुपमा सफल बनाउँदै बैंकले अधिकांश सूचकहरुमा अग्रणी स्थान हासिल गर्न सफल भएको बैंकले जानकारी दिएको छ। चालू आ.व. २०७९/८० को प्रथम त्रैमासमा खुद नाफा, ग्राहक संख्या, स्व–पूँजीमा प्रतिफल, प्रतिशेयर आम्दानी, शाखा कार्यालयहरु, एटिएम, विस्तारित काउन्टर लगायतका सूचकमा नम्बर एक स्थान हासिल गर्न सफल भएको बैंकले दाबी गरेको छ। 



प्रकाशित : बुधबार, कात्तिक १६ २०७९११:४३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend