बिहीबार , वैशाख २० गते २०८१    
images
images

कन्याममा बनाइयो 'स्काई वाक', सौखिन पर्यटक आकर्षित गर्दै

images
बिजनेस न्युज
images
images
कन्याममा बनाइयो 'स्काई वाक', सौखिन पर्यटक आकर्षित गर्दै
images
images

इलाम- पर्यटकीय नगरीका रूपमा विकास हुँदै गरेको इलामको सूर्योदय नगरपालिकामा स्काई वाक निर्माण भएको छ। साहसिक पर्यटनका रूपमा लिइने स्काई वाक मेची राजमार्ग नजिकै कन्याममा निर्माण भएको हो। 

images
images
images

कन्याम क्लाउड प्रालिले निर्माण गरेको स्काई वाक रु चार करोडको लागतमा निर्माण सम्पन्न भएको हो। यस परियोजनामा विशेष गरेर महिलाहरूले लगानी गरेको बताइएको छ। निजी क्षेत्रबाट लगानी भएको यस पर्यटकीय केन्द्रमा पर्यटकको घुइँचो लाग्न थालेको छ। सिसामाथि हिँड्न पाइने भएकाले यसलाई स्काई वाक (आकाशको हिँडाइ) भनिएको हो। 

images

डेढ वर्षअघि निर्माण थालिएको यस परियोजना भर्खरै निर्माण सम्पन्न भएको हो। यसको यही कात्तिक १८ गते औपचारिक उद्घाटन हुँदैछ। परियोजनाअन्तर्गत सुविधा सम्पन्न रेष्टुरेन्टसमेत रहेको छ। रेष्टुरेन्टसँगै पिङ एवं साहसिक पर्यटनकै रूपमा लठ्ठामा साइकल कुदाउन पाइने बताइएको छ।
 
नेपालकै पहिलो र नौलो परियोजना भएको कम्पनीले दावी गरेको छ। सिँढी चढ्दै गएपछि सिरानको तलामा चार मिटर चौडा र सात मिटर लम्बाइ भएको सिसा राखिएको परियोजनाका इन्जिनियर सञ्जीव रोकाले बताए। उनका अनुसार यहाँबाट मुनि हेर्दा पर्यटकीय कन्यामको हरियाली एवं चियाबारी देख्न सकिन्छ। 

images

नयाँ पर्यटकीय गन्तव्यका रूपमा रहेको यस परियोजनाले अझ पर्यटक थप्ने अपेक्षा लिइएको छ। नगरमा पर्यटकको सङ्ख्या वृद्धि गराउन नयाँ र साहसिक पर्यटकीय गन्तव्यका रूपमा यस परियोजनालाई लिइएको नगरपालिकाका प्रवक्ता ख्याम भुजेलले बताए। 

images
images

सूर्योदय नगरपालिका भारतसँग सीमा जोडिएको नगरपालिका हो। सोही कारण अहिले पनि धेरै भारतीय पर्यटक यहाँ आउने गरेका छन्। साहसिक पर्यटनसँगै साइकलका सौखिनहरु यहाँ आउने अपेक्षा लिइएको छ। 

सूर्योदय नगरपालिकाभित्र रहेका कन्याम, श्रीअन्तुलगायतका पर्यटकीय स्थानमा बढी संख्यामा पर्यटक आएकैले प्रदेश नं १ सरकारले पर्यटकीय नगरी भनेर घोषणा समेत गरिसकेको छ। रासस

images

प्रकाशित : बुधबार, कात्तिक १६ २०७९११:२१
प्रतिक्रिया दिनुहोस