शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

नबिल बैंकको लाभांश चर्चापछि प्रतिकित्ता १०९ रुपैयाँ बढेपछि ‘ब्रेक’, लाभांशमा नगद कि सेयर?

बुधबार, कात्तिक १६ २०७९
नबिल बैंकको लाभांश चर्चापछि प्रतिकित्ता १०९ रुपैयाँ बढेपछि ‘ब्रेक’, लाभांशमा नगद कि सेयर?

काठमाडाैं- आकर्षक लाभांश आउने चर्चाले नबिल बैंकको सेयरमा लगातारको बृद्धिपछि बुधवार भने ब्रेक लागेको छ। प्रतिकित्ता १०९ रुपैयाँ बढेपछि बुधवार भने प्रतिकित्ता ५ रुपैयाँले घटेको छ।

नबिल बैंकको सेयर मूल्य ७२६ रुपैयाँबाट लगतार बढेर ८३५ रुपैयाँ पुगेको थियो। बुधवार ५ रुपैयाँले घटेर ८३० रुपैयाँमा अन्तिम कारोबार भएको छ। अधिकांश बैंकले नगद लाभांश घोषणा गरिरहेकावेला लगानीकर्ताको ध्यान नबिलतिर केन्द्रित भएको छ। बुधवार नबिल बैंकको ५ करोड ६६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो। 

बैंकले सम्भव ३० देखि ४० प्रतिशतसम्म लाभांश दिने अनुमान गरिएको छ। अन्य बैंकहरुले नगदनै दिएपनि नबिलले भने नगद र बोनस सेयर आधा आधा गर्नेगरी ल्याउने अनुमान गरिएको छ।  

विभिन्न वित्तीय तथा वाणिज्य बैंकहरूले नगद लाभांश मात्रै सार्वजनिक गरिरहेका बेला नबिलको आर्कषक लाभांश आउने चर्चाले सेयर मूल्य बढेको छ। नबिलले नगद र बोनस सेयर आधा आधा दिने सम्भावना रहेको छ। 

नेपाल बंगलादेश बैंकलाई एक्वाएर गरेको नबिल बैंकले वितरणयोग्य कोषमा उल्लेख्य सुधार गरेता पनि सेयर मूल्य भने बढ्न सकेको छैन। कुनै समय १७४० रुपैयाँसम्म पुगेको छ। बैंकको लाभांश वितरण गर्न सक्ने क्षमता ४० प्रतिशत पुगेको छ भने अन्य सूचकमा सुधार गरेको छ। गत वर्ष बैंकले ३३ प्रतिशत लाभांश लगानीकर्तालाई वितरण गरेको थियो। 

बैंकको चालु आर्थिक वर्षको पहिलो तीन महिनामा  खुद नाफा ४१.३ प्रतिशतले बढेर १ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ। गत वर्षको यसै अवधिमा यसले १ अर्ब ११ करोड २२ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो।

यसअवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेको छ। बैंकको खुद ब्याज आम्दानी ६४.०५ प्रतिशतले बढेर ३ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ। गत वर्ष बैंकले २ अर्ब २४ करोड रुपैयाँ मात्रै खुद ब्याज आम्दानी गरेको थियो। 
 
सञ्चालन नाफा ४०.३८ प्रतिशतले बढेर २ अर्ब २३ करोड रुपैयाँ पुगेको छ। बैंकको प्रतिसेयर आम्दानी भने ५. १ रुपैयाँले घटेर २७.०१ रुपैयाँमा झरेको छ। गत वर्ष यसको प्रतिसेयर आम्दानी ३२.११ रुपैयाँ रहेको थियो। यसको प्रतिसेयर नेटवर्थ २३३.२८ रुपैयाँ रहेको छ। 


प्रकाशित : बुधबार, कात्तिक १६ २०७९१०:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend