काठमाडौं- बुद्धभूमि नेपाल हाइड्रोपावर लिमिटेडको साधारण सेयर (आईपीओ) शुक्रबार बाँडफाँट भएको छ।
कम्पनीले असोज ११ गतेदेखि १४ गतेसम्म सर्वसाधारणको लागि ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण सेयर निष्काशनमा ल्याएको थियो।
कम्पनीका आईपीओका लागि २१ लाख ११ हजार ८१९ जना आवेदकले २ करोड ६५ लाख ३१ हजार ४० कित्ताका लागि आवेदन दिएका थिए। तर आवेदन दिएका अधिकांशको रित्तो हात भएको छ।
भरेका मध्ये १० कित्ताका दरले ७४ हजार ४ सय जनाले मात्रै पाएका छन्। २० लाख ३७ हजार ४ सय ११ जनाको रित्तो हात भएको छ।