काठमाडौं- अमेरिका र स्वीट्जरल्याण्डसँग दुईपक्षीय हवाई सम्झौताका लागि मन्त्रिपरिषद्ले सहमति दिएको छ।
केही समयअगाडि नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल र स्वीट्जरल्याण्डका नागरिक उड्डयन प्राधिकरणबीच प्रारम्भिक हवाई सम्झौता गरेको थियो।
सोही आधारमा सरकारले दुईपक्षीय हवाई सम्झौताका लागि सहमति दिएको हो।
स्वीस इन्टरनेशनल एयरलाइन्सले सिंगापुर एयर र भारतको भिस्तारा एयरसँग ‘कोड शेयर’ सम्झौतामार्फत नेपाल उडान गर्न चाहेको छ। दुईपक्षीय सम्झौता भएपछि स्वीट्जरल्याण्ड र काठमाडौं सिधा हवाई सञ्जालमा जोडिने छन्।