शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

प्रतिकित्ता १४५ रुपैयाँमा सानिमा बैंकको ५१ लाख कित्ता सेयर बिक्रीमा, कसले दिने आवेदन?

बुधबार, कात्तिक १६ २०७९
प्रतिकित्ता १४५ रुपैयाँमा सानिमा बैंकको ५१ लाख कित्ता सेयर बिक्रीमा, कसले दिने आवेदन?

काठमाडौं- सानिमा बैंकले ५१ लाख कित्ता संस्थापक सेयर लिलामीमा बिक्री गर्ने भएको छ। न्यूनतम मूल्य १४५ रुपैयाँ तोकेको सेयरमा संस्था वा व्यक्ति जो कोहीले भाग लिन पाउने छन्।

सात दिनभित्र निवेदन दिनुपर्ने उक्त लिलामीको सेयरमा न्यूनतम दश लाख कित्ताका लागि निवेदन दिनुपर्नेछ।

बैंकले ३५ दिने म्यादसहित सेयर बिक्री खुलाएको थियो। तोकिएको समयमा बैंकका संस्थापकले सेयर खरिद नगरेपछि बाहिरी संस्था वा व्यक्तिका लागि बिक्री खुला गरेको हो।  


प्रकाशित : बुधबार, कात्तिक १६ २०७९०४:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend