काठमाडौं- हिमालय एयरलाइन्सले भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ। हिमालयले भैरहवाबाट मलेसियाको क्वालालम्पुर उडान गर्नका लागि नागरिक उड्डयन प्राधिकरण समक्ष अनुमति माग गरेको थियो।
हिमालयको उक्त मागलाई प्राधिकरणले स्वीकृति दिएसँगै अब एयरसाइन्सले मलेसियमा चार्टर्ड उडान गर्ने छ।
हिमालयले काठमाडौं-क्वालालम्पुर-भैरहवा र भैरहवा-क्वालालम्पुर-काठमाडौं उडान गर्नका लागि भन्दै अनुमति मागेको थियो।
हिमालयले भैरहवाबाट यात्रुबहाक चार्टर्ड उडानका लागि प्राधिकरणमा अनुमति माग गर्दै दिएको निवेदन स्वीकृत गरेको हो। प्राधिकरणले यसअघि चार्टर्ड उडान भैरहवाबाट गर्नुपर्ने निर्णय गरेको थियो।
हिमालले नोभेम्बरमा ८ वटा उडानका लागि अनुमति मागेको थियो।