शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

चुनावी चहलपहलले सेयर बजारमा उछाल, लगातारको वृद्धिले पुनः सेयर बजार लयमा फर्कने संकेत

मंगलबार, कात्तिक १५ २०७९
चुनावी चहलपहलले सेयर बजारमा उछाल, लगातारको वृद्धिले पुनः सेयर बजार लयमा फर्कने संकेत

मंगलबार ५६.११ अंकले बढेर १९३०.९९ बिन्दुमा पुगेको छ भने १ अर्ब २९ करोड रुपैयाँको कारोबार भएको छ।

काठमाडौं- चुनावीको गर्मागर्मी सुरुभएसँगै सेयर बजारमा लामो समयपछि मंगलबार उछाल आएको छ। झन्डै एक वर्षदेखि उकालो लाग्न नसकेको सेयर बजार तिहार लगत्तै बजारमा उत्साह देखिएको हो। चाडपर्वको समयपछि चुनावी माहोलले छुँदा सोमबार बजारमा हरियाली देखिएको थियो। 

मंगलबार सेयर बजारमा आधा शतकभन्दा बढी अंकले बढेको हो। मंगलबार कारोबार रकममा समेत भारी वृद्धि देखिएको छ। ५० देखि ७० करोडको दैनिक कारोबार खुम्चिएकोमा मंगलबार सेयर बजारमा अर्ब रुपैयाँको कारोबार भएको छ। 

मंगलबार ५६.११ अंकले बढेर १९३०.९९ बिन्दुमा पुगेको छ भने १ अर्ब २९ करोड रुपैयाँको कारोबार भएको छ। मंगलबार १८१ कम्पनीको कारोबार हुँदा ३ कम्पनीको कारोबार मात्रै घटेको छ। मंगलबार बैंक, हाइड्रो, सेवा मुलुक लगायत सबै समूहको सूचक बढेको हो। 

सोमबार १६.३९ अंकले बढेर १८७४.८७ बिन्दुमा पुगेको थियो। जहाँ ११० कम्पनीको सेयर मूल्य बढेको छ भने ६५ कम्पनीको मूल्यमा गिरावट आएको छ। लामो समयदेखि कारोबार रकममा देखिएको कमि भने अहिले पनि सुधार हुन सकेको छैन। सोमबार ६९ करोड ७३ लाख १७ हजार रुपैयाँको मात्र कारोबार भएको थियो। 

यसअघि कात्तिक ६ गते आइतबारको कारोबारमा १४.३५ अंकले बढेर बजार १८५८.४९ बिन्दुमा पुगेको थियो। जतिबेला उतारचढावपूर्ण स्थिति रहेकाले वृद्धितर्फ देखिएको थिएन। 

चाडपर्वको समयमा सेयर बजारमा सुधार हुने अपेक्षाविपरीत बजार निरन्तर उतारचढावपूर्ण यात्रामा रहेको थियो। प्रतिनिधिसभाको चुनाव पनि नजिकिँदै गर्दा लुकेर रहेको रकम पनि पुनः बैंकमा बढ्ने अनुमानले आगामी दिन बजार सकारात्मक हुनसक्ने आधारहरू तय भएको विश्लेषण भइरहेका छन्। 

पछिल्लो समय अर्थतन्त्रमा देखिएको समस्यासँगै सेयर बजारमा लगानीकर्ताले खर्बौं रुपैयाँ गुमाइसकेका छन्। यस्तोमा नियामक निकायले धेरै सुधारका कामहरू अगाडि बढाउने प्रयास भने गरेको छ। यसका कारण आगामी दिनमा सेयर बजार सकारात्मक हुने अनुमान गरिएको छ। त्यसमा चुनावी माहोलले मिल्ने साथ पनि अपेक्षा गरिएको छ।


प्रकाशित : मंगलबार, कात्तिक १५ २०७९०९:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend