शुक्रबार, वैशाख ७ गते २०८१    
images
images

सर्वोच्चको आदेशसँगै नयाँ स्टकसहित ब्रोकरको लाइसेन्स प्रक्रियासमेत रोकियो

images
images
सर्वोच्चको आदेशसँगै नयाँ स्टकसहित ब्रोकरको लाइसेन्स प्रक्रियासमेत रोकियो
images
images

काठमाडौं- नयाँ स्टक कम्पनीका लागि खुला गरिएको आवेदन रोकिएको छ। सर्वोच्च अदालतले गत कात्तिक ४ गते दिएको अल्पकालीन अन्तरिम आदेशका कारण तत्कालका लागि प्रक्रिया स्थगित गरिएको नेपाल धितोपत्र बोर्डले जनाएको छ। बोर्डले असोज २ गतेदेखि आवेदन माग गरेको थियो।  

images
images
images

नेपाल धितोपत्र बोर्डका अनुसार अर्को निर्णय नभएसम्मका लागि नयाँ स्टक, कमोडिटी बजार र नयाँ ब्रोकरको लाइसेन्स दिने काम तत्कालका लागि स्थगन भएको छ।

images

बोर्डले ब्रोकर लाइसेन्स, नयाँ स्टक एक्सचेन्ज र वस्तु विनिमय बजारका लागि आवेदन खुला गरेको थियो। नयाँ ब्रोकरका लागि बोर्डले आवेदन दिन ३० दिनको समय दिएकोे थियो। ब्रोकरका लागि भने ३१ कम्पनीले आवेदन दिइसकेका छन्। 

images

ब्रोकर लाइसेन्ससँगै सूचना आह्वान भएको नयाँ स्टक एक्सचेन्ज र वस्तु विनिमय बजारमाका लागि आज कात्तिक १५ सम्मका लागि आवेदन दिने समय तोकिएको थियो। हालसम्म पनि कुनै पनि आवेदन परेको थिएन। दुवैमा आवेदन दिन बोर्डले ४५ दिनको समय छुट्याएको थियो। 

images
images

नेपाल धितोपत्र बोर्डले एकैपटक स्टक एक्सचेञ्ज, कमोडिटी एक्सचेञ्ज र धितोपत्र दलाल लाइसेन्स खुलाएको थियो। सरकारले विनियमावली पारित गरेसँगै आवेदन माग गरिएको थियो। 

सर्वोच्च अदालतले बोर्डलाई छलफलका लागि कात्तिक २० गते बोलाएको छ। २० गतेपछि मात्रै नयाँ प्रक्रिया सुरु हुने छ। 

suchana.jpg

images

प्रकाशित : मंगलबार, कात्तिक १५ २०७९०६:५६

प्रतिक्रिया दिनुहोस