शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

सर्वोच्चको आदेशसँगै नयाँ स्टकसहित ब्रोकरको लाइसेन्स प्रक्रियासमेत रोकियो

मंगलबार, कात्तिक १५ २०७९
सर्वोच्चको आदेशसँगै नयाँ स्टकसहित ब्रोकरको लाइसेन्स प्रक्रियासमेत रोकियो

काठमाडौं- नयाँ स्टक कम्पनीका लागि खुला गरिएको आवेदन रोकिएको छ। सर्वोच्च अदालतले गत कात्तिक ४ गते दिएको अल्पकालीन अन्तरिम आदेशका कारण तत्कालका लागि प्रक्रिया स्थगित गरिएको नेपाल धितोपत्र बोर्डले जनाएको छ। बोर्डले असोज २ गतेदेखि आवेदन माग गरेको थियो।  

नेपाल धितोपत्र बोर्डका अनुसार अर्को निर्णय नभएसम्मका लागि नयाँ स्टक, कमोडिटी बजार र नयाँ ब्रोकरको लाइसेन्स दिने काम तत्कालका लागि स्थगन भएको छ।

बोर्डले ब्रोकर लाइसेन्स, नयाँ स्टक एक्सचेन्ज र वस्तु विनिमय बजारका लागि आवेदन खुला गरेको थियो। नयाँ ब्रोकरका लागि बोर्डले आवेदन दिन ३० दिनको समय दिएकोे थियो। ब्रोकरका लागि भने ३१ कम्पनीले आवेदन दिइसकेका छन्। 

ब्रोकर लाइसेन्ससँगै सूचना आह्वान भएको नयाँ स्टक एक्सचेन्ज र वस्तु विनिमय बजारमाका लागि आज कात्तिक १५ सम्मका लागि आवेदन दिने समय तोकिएको थियो। हालसम्म पनि कुनै पनि आवेदन परेको थिएन। दुवैमा आवेदन दिन बोर्डले ४५ दिनको समय छुट्याएको थियो। 

नेपाल धितोपत्र बोर्डले एकैपटक स्टक एक्सचेञ्ज, कमोडिटी एक्सचेञ्ज र धितोपत्र दलाल लाइसेन्स खुलाएको थियो। सरकारले विनियमावली पारित गरेसँगै आवेदन माग गरिएको थियो। 

सर्वोच्च अदालतले बोर्डलाई छलफलका लागि कात्तिक २० गते बोलाएको छ। २० गतेपछि मात्रै नयाँ प्रक्रिया सुरु हुने छ। 

suchana.jpg


प्रकाशित : मंगलबार, कात्तिक १५ २०७९०६:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend