काठमाडौं- स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई २५ प्रतिशत नगद लाभांश दिने भएको छ।
कम्पनीले ६ प्रतिशत नगद र १९ प्रतिशत बोनस सेयर दिने भएको हो।
गत आर्थिक वर्षको नाफाबाट कम्पनीले आफ्ना सेयरधनीलाई उक्त लाभांश दिन लागेको हो। बिहिबार सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव पारित गरेको हो।