बिहीबार , वैशाख १३ गते २०८१    
images
images

सस्तो मूल्य र लाभांश घोषणाले वाणिज्य बैंकको सेयरमा झुम्मिए लगानीकर्ता, अब निरन्तर बढ्ला कि घट्ला?

images
images
images
सस्तो मूल्य र लाभांश घोषणाले वाणिज्य बैंकको सेयरमा झुम्मिए लगानीकर्ता, अब निरन्तर बढ्ला  कि घट्ला?
images
images

काठमाडौं- वाणिज्य बैंकको सेयरमा लगानीकर्ता झुम्मिएसँगै तिहार र छठको बिदापछि सुरु भएको सेयर कारोबार सकारात्मक देखिएको छ। बैंकहरूले धमाधम साधारण सभा तथा लाभांश घोषणा गर्दा  बैंकको सेयरले लगानीकर्ताहरूको आकर्षण देखिएको हो। 

images
images
images

चाडबाडको समयपछि चुनावी माहोलले छुँदा सोमबार बजारमा हरियाली देखिएको हो। सोमबार सस्तो मूल्यमा आएको वाणिज्य बैंकको सेयरमा लगानीकर्ता झुम्मिँदा अधिकांश बैंकको सेयर मूल्य बढेको छ। 

images

सबैभन्दा धेरै कारोबार भएको एनआईसी एसिया बैंकको सेयर मूल्य प्रतिकित्ता ४२ रुपैयाँ बढ्दा अन्तिम कारोबार ६६० रुपैयाँमा भएको थियो। एनआईसी इसिया बैंकको ९५ हजार कित्ता खरिद बिक्री हुँदा ६ करोड १७ लाख रुपैयाँको कारोबार भएको छ। 

images

समग्रमा सोमबार वाणिज्य बैंकतर्फको सेयर मूल्य १.५२ प्रतिशतले बढेको छ। जसमा दोस्रो धेरै कारोबार पनि एभरेष्ट बैंकको भएको छ। एभरेष्टको सेयर मूल्य पनि प्रतिकित्ता २८.१० रुपैयाँले बढेर ५३३ रुपैयाँमा अन्तिम कारोबार भएको छ। नविल बैंकको पनि प्रतिकित्ता ८ रुपैयाँले बढेर ८१६ रुपैयाँमा अन्तिम कारोबार भएको छ। प्रभु बैंकको पनि प्रतिकित्ता १० रुपैयाँले बढेर २१४ रुपैयाँमा अन्तिम कारोबार भएको छ। 

images
images

वाणिज्य बैंकको सेयर वृद्धिको प्रभाव सोमबार १६.३९ अंकले बढेर १८७४.८७ बिन्दुमा पुगेको छ। जहाँ ११० कम्पनीको सेयर मूल्य बढेको छ भने ६५ कम्पनीको मूल्यमा गिरावट आएको छ। लामो समयदेखि कारोबार रकममा देखिएको कमि भने अहिले पनि सुधार हुन सकेको छैन। सोमबार ६९ करोड ७३ लाख १७ हजार रुपैयाँको मात्र कारोबार भएको छ। 

चाडबाडको समयमा सेयर बजारमा सुधार हुने अपेक्षाविपरीत बजार निरन्तर उतारचढावपूर्ण यात्रामा रहेको थियो। प्रतिनिधिसभाको चुनाव पनि नजिकिँदै गर्दा लुकेर रहेको रकम पनि पुनः बैंकमा बढ्ने अनुमानले आगामी दिन बजार सकारात्मक हुनसक्ने आधारहरू तय भएको विश्लेषण भइरहेका छन्। 

images

प्रकाशित : मंगलबार, कात्तिक १५ २०७९०१:४५

प्रतिक्रिया दिनुहोस