आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

पहिलोपटक गाङछेँपो हिमालको आरोहण हुँदै, प्याराक्लाइम्बिङ टोलीका विश्व च्याम्पियनसमेत सहभागी

images
सोमबार, कात्तिक १४ २०७९
images
पहिलोपटक गाङछेँपो हिमालको आरोहण हुँदै, प्याराक्लाइम्बिङ टोलीका विश्व च्याम्पियनसमेत सहभागी
images
images

काठमाडौं- सिन्धुपाल्चोकतर्फबाट पहिलो पटक गाङछेँपो (६,३७८ मिटर) हिमाल आरोहण हुने भएको छ। इटालीको प्याराक्लाइम्बिङ टोलीका विश्व च्याम्पियन सिमोने साल्भानिनि र सगरमाथा आरोही तथा अन्तर्राष्ट्रिय माउन्टेन गाइड लुका मोन्टानारी र डी.एमिलिया अलेसेन्ड्रो, डेला मुरा मार्कोसहित नेपाली आरोहीको नेतृत्व न्यू भिजन नेपालका अध्यक्ष अशोक भट्टले गरेका छन्। गत शनिबार अक्टोबर २९ तारिखमा आरोहणतर्फ लागेका हुन्।

images
images
images

दीगो पर्यटनद्वारा स्थानीय समुदायको भविष्यको विकास गर्ने लक्ष्यसहित उक्त हिमालको आरोहण गर्ने योजना रहेको नेपाली आरोही टोलीका संयोजक अशोक भट्टले बताए। आरोहणका लागि गरिमा भोयज टुर्स एण्ड ट्राभलले व्यावस्थापन गरेको छ। जसको संयोजन भने न्यु भिजन नेपाल संस्थाले गरेको छ। संस्था अध्यक्ष समेत रहेका भट्टले  संग्रामीण विकास र दिगो पर्यटनको परियोजनालाई विश्वसामु ध्यानाकर्षण गराउने उद्देश्यले आरोहण गर्न लागेको बताए। 

images
images
nma 12.jpeg

स्थानीय निकायको र इटालीस्थित एसएटीको प्राविधिक सहयोगमा ट्रेलहरूको सञ्जाल रहेको मेलम्ची, पाँचपोखरी र हेलम्बु क्षेत्रका लागि सन् २०२४ सम्म दिगो गन्तव्यको रूपमा प्रमाणिकरण प्राप्त गर्ने संस्थाले लक्ष्य लिएको छ।

images
images

संयुक्त राष्ट्र संघका प्रवक्तासमेत रहेका दृष्टिविहीन खेलाडी साल्वाग्निनको सहभागिताले यो अभियानलाई थप अर्थपूर्ण रुपमा हेरिएको छ। उनले हासिल गर्ने अनुभव र सफलता अन्य आरोहीभन्दा फरक दृष्टिकोणबाट अनुभव बाड्न सक्ने आयोजकले विश्वास लिएको छ।

आरोहण दलमा इटालीयन टोलीसँग टिम लिडर रवीन्द्र आर्यल, न्यु भिजन नेपालका अध्यक्ष अशोक शर्मा भट्ट, विश्वको ८ हजार मिटरको १४ वटै हिमाल दुई पटक आरोहण गरेका विश्वप्रसिद्ध नेपाली माउन्टेन गाईड सानु शेर्पा, ह्योल्मो समुदायकी पहिलो सगरमाथा आरोही कान्छी डोल्मा ह्याल्मोलगायत नेपाली आरोही लालबहादुर वाईबा, रामकाजी तिवारी, सञ्जिव गुरुङ र अन्य सहयोगी दलको सहभागी रहने छ।

गाङछेँपो हिमाल आरोहणको अभियान गरिमा भोयजले गरेको हो भने सम्पूर्ण ग्राउन्ड ह्याण्ड्लिङ तथा आरोहण प्राविधिक सहयोग माउन्टेन गाइड एसोसिएसन अफ नेपाल (मोगन)ले गरेको छ।

आरोहण टोलीमा विश्वप्रसिद्ध र शीर्ष नेपाली पर्वतारोही गाइडहरू समावेश छन। यो आरोहण अभियान सफल हुनेमा आफू विश्वस्त रहेको गाङछेँपो हिमाल आरोहण टोलीका संयोजकसमेत रहेका मोगनका अध्यक्ष सञ्जिव गुरुङले बताए।

गाङछेँपो हिमाल नेपालको हिमालय क्षेत्रको जुगल पर्वत शृङ्खलामा पर्छ। यो रसुवा जिल्लामा अवस्थित छ। गाङछेँपो उर्केनमाङबाट करिब ३.७ किलोमिटर पश्चिममा र गञ्जला चुलीबाट १४.४ किलोमिटर पूर्वमा पर्छ। ६,३७८ मिटरको उचाइको हिमाल लाङ्शिशारीबाट ६–६ किलोमिटर दक्षिण–पश्चिममा पर्दछ।

काठमाडौँदेखि मेलेम्ची हुँदै भोटाङसम्म गाडीमा यात्रा। त्यसपछि टुपी, डाँडा, नोस्याङपाटी, पाँचपोखरी, छ्याक्साल, ल्याङसिङ भ्याली हुँदै दक्षिण वेसक्याम्पसम्म पैदलयात्रा।

वेसक्याम्पबाट (४८०० मिटर) बाट आरोहण सुरु हुनेछ, जहाँबाट आरोहण गर्ने ११ जनाको टोलीले करिब ७ दिनमा चुचुरो टेक्ने योजना बनाएका छन।


प्रकाशित : सोमबार, कात्तिक १४ २०७९०९:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend