शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

चाडबाडपछि सेयर बजारमा देखियो वृद्धि, चुनावी माहोलले मिल्ला उचाइको साथ?

कारोबार रकममा भने देखिएन सुधार

सोमबार, कात्तिक १४ २०७९
चाडबाडपछि सेयर बजारमा देखियो वृद्धि, चुनावी माहोलले मिल्ला उचाइको साथ?

काठमाडौं- तिहार र छठको बिदापछि सुरु भएको सेयर कारोबार सकारात्मक देखिएको छ। चाडबाडको समयपछि चुनावी माहोलले छुँदा सोमबार बजारमा हरियाली देखिएको हो। तर उतारचढावपूर्ण अवस्थामा बढिरहेको बजारले वृद्धिको स्थायी आधार भने देखाएको छैन। 

सोमबार १६.३९ अंकले बढेर १८७४.८७ बिन्दुमा पुगेको छ। जहाँ ११० कम्पनीको सेयर मूल्य बढेको छ भने ६५ कम्पनीको मूल्यमा गिरावट आएको छ। लामो समयदेखि कारोबार रकममा देखिएको कमि भने अहिले पनि सुधार हुन सकेको छैन। सोमबार ६९ करोड ७३ लाख १७ हजार रुपैयाँको मात्र कारोबार भएको छ। 

यसअघि कात्तिक ६ गते आइतबारको कारोबारमा १४.३५ अंकले बढेर बजार १८५८.४९ बिन्दुमा पुगेको थियो। जतिबेला उतारचढावपूर्ण स्थिति रहेकाले वृद्धितर्फ देखिएको थिएन। एकै बिन्दु वरपर घुमिरहने संकेत गरेको बजारमा अहिलेको वृद्धि स्थायी नभएको विश्लेषकहरू बताउँछन्। 

चाडबाडको समयमा सेयर बजारमा सुधार हुने अपेक्षाविपरीत बजार निरन्तर उतारचढावपूर्ण यात्रामा रहेको थियो। प्रतिनिधिसभाको चुनाव पनि नजिकिँदै गर्दा लुकेर रहेको रकम पनि पुनः बैंकमा बढ्ने अनुमानले आगामी दिन बजार सकारात्मक हुनसक्ने आधारहरू तय भएको विश्लेषण भइरहेका छन्। 

पछिल्लो समय अर्थतन्त्रमा देखिएको समस्यासँगै सेयर बजारमा लगानीकर्ताले खर्बौं रुपैयाँ गुमाइसकेका छन्। यस्तोमा नियामक निकायले धेरै सुधारका कामहरू अगाडि बढाउने प्रयास भने गरेको छ। यसका कारण आगामी दिनमा सेयर बजार सकारात्मक हुने अनुमान गरिएको छ। त्यसमा चुनावी माहोलले मिल्ने साथ पनि अपेक्षा गरिएको छ। 


प्रकाशित : सोमबार, कात्तिक १४ २०७९०९:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend