आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

शरद ऋतुमा १६१ जनाले चढे मनासलु

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, कात्तिक १४ २०७९
images
शरद ऋतुमा १६१ जनाले चढे मनासलु
मनासलु हिमालअघि पर्यटक। तस्बिर - नेपाल पर्यटन बोर्ड
images
images

काठमाडौं- यस वर्षको शरद ऋतु (असोज, कात्तिक) मा एकसय सय ६१ आरोहीले मनासलु हिमाल (८,१६३ मिटर) आरोहण गरेका छन्।

images
images
images

पर्यटन विभागका अनुसार ७७ विदेशी र ८४ नेपाली आरोही मनासलुको चुचुरोमा पुगेका हुन्। विभागको पर्वतारोहण शाखाका अधिकृत विज्ञान कोइरालाले यो मौसमको मनासलु आरोहणका लागि चार सय ४ विदेशीले अनुमति लिएकामा ७७ ले आरोहण गरेको जानकारी दिए। 

images
images

विदेशी आरोहीका साथमा नेपाली शेर्पा सहयोगी पनि मनासलुको चुचुरोमा पुगेका छन्। उनले यो मौसमको मनासलु आरोहण सकिएको तथा अन्य हिमाल तथा चुलीको आरोहण जारी रहेको बताए। अघिल्लो वर्षभन्दा केही कम सङ्ख्यामा आरोही मनासलुको चुचुरोमा पुगेको जनाइएको छ। यो पटक मनासलु आरोहण सुरु हुनैलाग्दा मनासलु आधारशिविर माथितिर हिमपहिरोको घटना भएको थियो। 

images
images

मनासलु हिमालमा गत असोज १० गते हिमपहिरो खस्दा एक जनाको मृत्यु भएको थियो भने केही आरोही घाइते भएका थिए। उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकास्थित मनासलु हिमाल विश्वको आठौँ अग्लो हिमाल हो। मनासलु मानसिरी पर्वतशृङ्खलामा पर्दछ। यो मौसमका लागि मनासलु आरोहण आकर्षक मानिन्छ। 

वसन्त ऋतुमा हिउँ बढी जम्मा हुने भएकाले शरद ऋतुका लागि मनासलु आरोहण उपयुक्त मानिन्छ। वसन्त ऋतुमा बढी सगरमाथा लगायत हिमालको आरोहण हुने गरेको छ। पर्वतारोहण शाखाको विवरणमा यो मौसममा मनासलु आरोहणका लागि मात्रै ३८ आरोही समूहका ७९ महिला र तीन सय ७ पुरुष गरी कूल चार सय ४ ले आरोहण अनुमति लिएका थिएका थिए।

शरद ऋतुको आरोहणका लागि सगरमाथा (८, ८४८. ८६ मिटर), मनासलु लगायत हिमाल तथा चुली आरोहणका लागि एक सय ४६ आरोही समूहका एक हजार दुई सय ३८ आरोहीले आरोहण अनुमति लिएका छन् । शरद ऋतु मनासलु आरोहणका लागि उपयुक्त मौसम मानिने भएकाले सर्वाधिक आरोहीको रोजाइँमा पर्छ। 

शरद ऋतु मनासलु आरोहणका लागि उपयुक्त मौसम भएकाले पनि प्रत्येक वर्ष यो मौसममा आरोहण गर्न उल्लेख्य सङ्ख्यामा आरोही आउने गरेको नेपाल पर्वतारोहण सङ्घले जनाएको छ। सन् १९५६ मे ९ तारिखमा जापानी नागरिक तोसियो इमनिसी र नेपाली ग्याल्जेन नोर्बु शेर्पाले मनासलुको सफल आरोहण गरेका थिए।  सेभेन समिट ट्रेक्स प्रालिका प्रबन्ध निर्देशक मिङ्मा शेर्पाले यो मौसम आरोहणको उपयुक्त मौसम मानिएकाले हरेक वर्ष मनासलु आरोहणमा सर्वाधिक आरोही आउने गरेको बताए। रासस


प्रकाशित : सोमबार, कात्तिक १४ २०७९०८:३६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend