आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

बिनाअनुमति उडान गर्न खोजेको भन्दै निगमलाई प्राधिकरणको २४ घण्टे स्पष्टीकरण

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, कात्तिक १४ २०७९
images
बिनाअनुमति उडान गर्न खोजेको भन्दै निगमलाई प्राधिकरणको २४ घण्टे स्पष्टीकरण
images
images

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमलाई उडान तालिका स्वीकृत नै नगराइ यात्रुलाई बोर्डिङ पास दिएको भन्दै २४ घण्टे स्पष्टीकरण सोधेको छ।

images
images
images

प्राधिकरणले उडान तालिका स्वीकृत नगराइ बोर्डिङ पास दिएर सुरक्षामा गम्भीर त्रुटी अपनाएको भन्दै निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई २४ घण्टे स्पष्टीकरण सोधिएको हो। 

images
images

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यलयले आइतबार उडान तालिका स्वीकृत नगरेको भन्दै निगमको दिल्ली उडान रोकेको थियो। 

images
images

यात्रुहरूलाई बिनाअनुमति बोर्डिङ पास दिएर अलपत्र पार्ने निगमका कर्मचारीलाई २४ घण्टाभित्र कारबाही गरी जानकारी गराउन र के कारणले उडान गर्न खोजिएको हो भन्ने विषयमा स्पष्टीकरण सोधिएको विज्ञाप्तीमा उल्लेख गरिएको छ।

उडान नभए पनि सो उडानको यात्रुहरूलाई समय पर गरेर वैकल्पिक व्यवस्था गर्नुपर्नेमा सो कार्य नगर्नुको कारण उडान नभएको दिनमा पाहरूलाई विमानस्थलमा बोलाएर गैर कानुनी तरिकाले बोडिङ पास समेत उपलब्ध गराइ गैरसैनिक हवाई उडान ऐन, २०१५ तथा नियमावली, २०७३ बमोजिम विमानस्थलको सुरक्षा व्यवस्थामा गम्भिर असर पारेको प्राधिकरणले विज्ञप्तीमा उल्लेख गरेको छ। 

निगमले शिकागो महासन्धी तथा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को उडान सुरक्षा मापदण्ड र नेपाल नागरिक उडयन प्राधिकरण ऐन २०५३ तथा नागरिक उदयन नियमावली, २०४८ अनुसार नेपालको हवाई क्षेत्रमा उडान अवतरणको लागि प्राधिकरणको अनिवार्य अनुमति लिनुपर्ने व्यवस्था विपरित काम गरेको प्राधिकरणले ठहर गरेको छ। 

प्राधिकरणले उडान अनुमति प्राप्त नगरेको कुनै पनि उडानको टिकट बिक्री वितरण नगर्न/नगराउन तथा प्राधिकरणबाट उडान अनुमति प्राप्त गरेको उडान कार्यक्रम माप संचालन गर्न गराउन हुन सम्पूर्ण वायुसेवा कम्पनीलाई निर्देशन समेत दिएको छ। 

caan.jpeg

 


प्रकाशित : सोमबार, कात्तिक १४ २०७९०८:३४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend