आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

त्रिभुवन विमानस्थलमा चार्टर्ड उडान प्रतिबन्ध, अब भैरहवा विमानस्थलबाटै जानुपर्ने

images
सोमबार, कात्तिक १४ २०७९
images
त्रिभुवन विमानस्थलमा चार्टर्ड उडान प्रतिबन्ध, अब भैरहवा विमानस्थलबाटै जानुपर्ने
images
images

काठमाडौं- अब चार्टर्ड उडान गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्रै गर्नुपर्ने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले   त्रिभुवन विमानस्थलमा हवाई जहाजमार्फत हुने चार्टर्ड उडान प्रतिबन्ध गरेसँगै चार्टर्ड उडान भैरहवाबाट मात्रै हुने भएको हो।

images
images
images

प्राधिकरणले भैरहवास्थित गौतबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन खर्च उठाउनुपर्ने भन्दै त्रिभुवन विमानस्थलबाट चार्टर्ड उडान गर्न नदिने निर्णय गरेको हो। 

images
images

यसअघि पनि विदेशबाट आउने चार्टर्ड उडान भैरहवा पठाउन सुरु गरिसकेको थियो। प्राधिकरणले आइतबारदेखि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २/२ वटा अन्तर्राष्ट्रिय उडान भैरहवाबाट गर्न बाध्यकारी व्यवस्था गरेको छ। प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनु्सार भैरहवा विमानस्थलबाट उडान गर्दा एयरलाइन्स कम्पनीहरूले झनै धेरै सुविधा पाउने भएकोले सोही तर्फबाट चार्टर्ड उडानका लागि भनिएको बताए। 

images
images

दैनिक तीनभन्दा बढी उडान गर्ने वायुसेवा कम्पनीले पुरानो गन्तव्यमा थप उडान गर्न भैरहवाबाटै उड्नुपर्ने समेत नियम बनाइएको महानिर्देशक अधिकारीले बताए। ‘विदेशी वायुसेवा कम्पनीलाई भने १५ डिसेम्बरसम्म भैरहवमा उडान भर्ने तालिका बनाउन समय दिइएको छ,’ अधिकारीले भने। 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्ने गरी तालिका नबनाएको भन्दै सरकारले नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले त्रिभुवन विमानस्थलबाट गर्ने नियमित उडानहरू कटौती गरेको छ। 

त्रिभुवन विमानस्थलबाट दैनिक प्रति तीनभन्दा बढी अन्तर्राष्ट्रिय उडान गर्ने कम्पनीले कम्तीमा एउटा उडान भैरहवा विमानस्थलबाट गर्नुपर्ने नियम बनाइएको छ। यसअनुसार आइतबारदेखि हिमालय र नेपाल वायुसेवा निगमले त्रिुभवन विमानस्थलबाट गर्ने दुई–दुई वटा उडान भैरहवामा सार्नुपर्ने थियो। सोअनुसार उडान नगरेको भन्दै आइतबार निगमको दिल्ली उडान नै रोकिएको थियो। 


प्रकाशित : सोमबार, कात्तिक १४ २०७९०४:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend