बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

अधिकांश वाणिज्य बैंकको निष्कृय कर्जा बढ्यो; कुनको घट्यो, कुनको बढ्यो?

सोमबार, कात्तिक १४ २०७९
अधिकांश वाणिज्य बैंकको निष्कृय कर्जा बढ्यो; कुनको घट्यो, कुनको बढ्यो?

काठमाडौं- पहिलो त्रैमाससम्ममा वाणिज्य बैंकहरूले १८ अर्ब ७५ करोड ६८ लाख १५ हजार रुपैयाँ नाफा आर्जन गरेका छन्। यो अघिल्लो वर्षको यसैअवधिको भन्दा ५.९४५ ले बढी हो।

अघिल्लो वर्षको यो अवधीमा वाणिज्य बैंकहरूले १७ अर्ब ७० करोड ५७ लाख ४३ हजार रुपैयाँ नाफा कमाएका थिए। पहिलो तीन महिनाको वित्तीय विवरण अनुसार २६ वाणिज्य बैंकमध्ये अधिकांसको  निष्क्रिय कर्जा बढेको छ। जस कारण खुद नाफामा दबाब पुगेको छ। 

समीक्षा अवधिमा तीन बैंक बाहेक अरु सबै बैंकहरुको खराब कर्जा बढेको छ। राष्ट्रिय वाणिज्य बैंक, नेपाल इन्भेष्टमेन्ट बैंकको खराब कर्जा घटेको छ भने सेन्चुरी कमर्सियल बैंकको स्थिर रहेको छ। 

कृषि विकास बैंकको गतवर्ष पहिलो तीन महिनामा २.०८ प्रतिशत निष्कृय कर्जा रहेकोमा यो वर्ष बढेर २.३८ प्रतिशत पुगेको छ। त्यस्तै बैंक अफ काठमाडौंको गतवर्ष पहिलो तीन महिनामा ०.९२ प्रतिशत रहेकोमा बढेर २.४६ प्रतिशत पुगेको छ।  सेञ्चुरी कर्मर्सियल बैंकको पनि १.८८ प्रतिशतमा स्थिर रहेको छ। सिटिजन बैंकको पनि गतवर्ष १.९१ प्रतिशतमा रहेको निष्कृय कर्जा बढेर २.८९ प्रतिशत पुगेको छ। सिभिल बैंक पनि ०.९६ प्रतिशतबाट बढेर १.४१ प्रतिशत पुगेको छ। 

एभरेष्ट बैंकको ०.१३ प्रतिशबाट बढेर ०.३३ प्रतिशत पुगेको छ। ग्लोवल आईएमइ बैंकको पनि १.६२ प्रतिशतबाट बढेर २.१ प्रतिशत निष्कृय कर्जा पुगेको छ। हिमालयन बैंकको पनि १.६२ प्रतिशतमा रहेको निष्कृय कर्जा बढेर २.३१ प्रतिशत पुगेको छ। कुमारी बैंक ०.८२ प्रतिशतमा रहेको निष्कृय कर्जा १.२८ प्रतिशत पुगेको छ। लक्ष्मी बैंकको ०.४९ बाट बढेर १.७२ प्रतिशत पुगेको छ।

माछापुछ्रे बैंकको पनि निष्कृय कर्जा ०.५ प्रतिशतबाट बढेर १.३ प्रतिशत पुगेको छ। मेगा बैंकको ०.८२ प्रतिशत रहेको निष्कृय कर्जा ०.८९ प्रतिशत रहेकोमा बढेर १.६२ प्रतिशत पुगेको छ। नविल बैंकको १.१३ प्रतिशत रहेकोमा बढेर २.३३ प्रतिशत पुगेको छ। नेपाल बैंकको २ प्रतिशतबाट २.३६ प्रतिशत पुगेको छ। 

नेपाल क्रेडिट एन्ड कमर्स बैंक १.४८ प्रतिशत रहेकोमा बढेर २.४६ प्रतिशत पुगेको छ। नेपाल इन्भेष्टमेन्ट बैैंक २.२७ प्रतिशत रहेकोमा बढेर १.५७ प्रतिशतमा झरेको छ। अन्यको बढ्दा इन्भेष्टमेन्ट बैंकको भने सुधार देखिएको छ। नेपाल एसबीआई बैंक ०.१७ प्रतिशत रहेकोमा बढेर ०.३६ प्रतिशत पुगेको छ। एनआईसी एसिया बैंकको निष्कृय कर्जा ०.४९ प्रतिशत रहेकोमा बढेर ०.५९ प्रतिशत पुगेको छ। एनएमबी बैंकको १.८५ प्रतिशत रहेकोमा बढेर १.९ प्रतिशत पुगेको छ। प्रभु बैंकको १.६१ प्रतिशत रहेकोमा बढेर १.६८ प्रतिशत रहेको छ। 

प्राइम कमर्सियल बैंकको ०.६२ प्रतिशत रहेकोमा बढेर १.८ प्रतिशत रहेको छ। राष्ट्रिय वाणिज्य बैंकको ३.०१ प्रतिशतबाट घटेर २.४८ प्रतिशत रहेको छ। सानिमा बैंकको ०.११ प्रतिशतबाट बढेर ०.९१ प्रतिशत रहेको छ। सिद्धार्थ बैंकको ०.५४ प्रतिशतबाट बढेर निष्कृय कर्जा २.१५ प्रतिशत पुगेको छ। स्ट्यान्डर्ड चार्टर्ड बैंकको पनि ०.६७ प्रतिशतबाट बढेर निष्कृय कर्जा ०.७७ प्रतिशत पुगेको छ। त्यस्तै सनराइज बैंकको पनि १.१३ प्रतिशतबाट बढेर निष्कृय कर्जा २.९४ प्रतिशत पुगेको छ। 


प्रकाशित : सोमबार, कात्तिक १४ २०७९०१:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend