शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

कांग्रेसले भन्यो- सेयर बजारमा अब विदेशी लगानी

आइतबार, कात्तिक १३ २०७९
कांग्रेसले भन्यो- सेयर बजारमा अब विदेशी लगानी

काठमाडौं- नेपाली कांग्रेसले पुँजी बजारमा विदेशी लगानीकर्तालाई सशर्त लगानी गर्न खुला गर्ने घोषणपत्रमा उल्लेख गरेको छ।

कांग्रेस आगामी निर्वाचनको लागि आफ्नो घोषणापत्र सार्वजनिक गर्दै पुँजी बजारमा विदेशी लगानीकर्तालाई सशर्त लगानी गर्न खुला गर्ने उल्लेख गरेको हो। 

कांग्रेसले धितोपत्र सम्बन्धी ऐन तथा कानूनहरूमा सरोकावालाहरूसँग छलफल गरी पुँजी बजारसम्बन्धी ऐन कानून तथा विनियमावलीहरूमा समसामयिक सुधार गर्ने उल्लेख गरेको छ। साथै नेपाल धितोपत्र बोर्डलाई पूर्ण स्वायत्त निकायको रूपमा विकास गर्ने समेत घोषणा गरिएको छ।

पूर्वाधार बन्ड मार्फत् सडक, ऊर्जा र विमानस्थल जस्ता परियोजनाहरुका लागि पुँजी जुटाइने र आम नेपाली, गैरआवासीय नेपाली, संस्थागत लगानीकर्ता तथा अन्तर्राष्ट्रिय लगानीकर्ताहरुलाई प्रोत्साहन र सहुलियत दिइने कांग्रेसले घोषणपत्रमा उल्लेख गरिएको छ।

यसैगरी संचालन तथा व्यवस्थापनमा सार्वजनिक निजी साझेदारी अवधारणा कार्यान्वयनमा ल्याई ‘भायविलिटि ग्याप’ पूर्ति गर्न ठोस नीतिगत व्यवस्था गरिने घोषणापत्रमा राखिएको छ।


प्रकाशित : आइतबार, कात्तिक १३ २०७९०४:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend