काठमाडौं- मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि नेपाली कांग्रेसले आफ्नो संकल्प पत्र (घोषणापत्र) सार्वजनिक गरेको छ। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा बनेको समितिले लेखेको उक्त संकल्प पत्र आज सार्वजनिक भएको छ।
कांग्रेसले आफ्नो पार्टीले निर्वाचन जितेमा गर्ने कामका बारेमा क्षेत्रगत प्राथमिकता निर्धारण गरेको छ। अहिलेसम्मको राजनीतिक घटनाक्रम, कांग्रेसको भूमिका र भविष्यमा कांग्रेसले गर्ने कामका प्रतिवद्धता सहितको यो घोषणापत्र १० वटा क्षेत्रमा पाँच वर्षे लक्ष्य निर्धारण गरेको छ।
आर्थिक तथा समाजिक क्षेत्रमा आगामी पाँच वर्षमा गर्न सकिने कामका बारेमा कांग्रेले लक्ष्य निर्धारण गरेको छ। कांग्रेसले पाँच वर्षका लागि निर्धारण गरेका लक्ष्य भने अस्भाविक र महात्वाकांक्षी छैनन्।
जलवायु परिवर्तन र वातावरण संरक्षणलाई जोड दिएको कांग्रेसले भौतिक पूर्वाधारमा नयाँभन्दा निर्माणाधीन आयोजना पूरा गर्नेमै कांग्रेसको जोड छ।
पाँच वर्षमा गर्न सकिने कामसँगै कांग्रेसले दीर्घकालीन लक्ष्य पनि तय गरेको छ। आर्थिक क्षेत्रका लागि भने कांग्रेसले तत्कालीन कार्य योजनाका बारेमा पनि घोषणापत्रमा उल्लेख गरेको छ।
नेपाली कांग्रेसले ल्याएको संकल्प पत्र हावादारी नभएको र वास्तविकताकै धरातलमै टेकर निर्माण भएको अर्थाशस्त्री डा स्वर्णिम वाग्लेले बताएका छन्। घोषणापत्र मस्यौदा लेखन उपसमितिका संयोजक समेत रहेका वाग्लेले कार्यान्वयन गर्न सकिने खालका कुरा मात्र राखिएको जानकारी दिएका छन्।
'कांग्रेस हिजो पनि सरकारमा थियो। आज पनि छ र भोलि पनि सरकारमा हुने छ। एउटा जिम्मेवार राजनीतिक दलका नाताले कार्यान्वयन योग्य कार्यक्रम मात्र संकल्प पत्रमा राख्नुपर्छ भन्ने सैद्धान्तिक अवधारणमा यो तयार भएको छ' सार्वजनिक कार्यकार्यक्रममा भने।
१० क्षेत्रमा कांग्रेसको पाँच वर्षे लक्ष्य यस्ता छन्:
शिक्षा
- सिकाइको संकटको मापन संस्थागत
- महिला (१५-२४ वर्ष) साक्षरता दर ९५ प्रतिशत
- इन्टरनेट सेवा पुगेका शैक्षिक संस्था ८० प्रतिशत
-कक्षा ११ मा भर्ना हुने दर कम्तिमा ५० प्रतिशत
-पाठयक्रममा प्राविधिक र व्यावसायिक सीप ४० प्रतिशत
स्वास्थ्य
- ३ वर्ष मुनि र ७३ वर्ष माथिका नागरिकलाई निःशुल्क उपचार
- नसर्ने रोगबाट हुने मृत्युदर एक तिहाइ
- औसत आयु ७३ वर्ष
- मातृ मृत्युदर ८० (प्रति १ लाख जिवित जन्म)
- स्वास्थ्य बिमित हुने संख्या १०० प्रतिशत
- बाल कुपोषण (पुड्कोपना) २० प्रतिशत
उद्यम रोजगार र निजी क्षेत्र
- पाँच वर्षमा १२ लाख ५० हजार नयाँ रोजगारी
- न्यूनतम वार्षिक ७प्रतिशत को आर्थिक वृद्धि
- 'ओम्निवस' आर्थिक सुधारको नयाँ चरण
- अर्थतन्त्रमा स्वदेशी उत्पादनमूलक उद्योगको अंश ५.६ प्रतिशत बाट ९ प्रतिशत
विज्ञान तथा प्रविधि
- निर्यातमुखी डिजिटलाइजेशन लगायत सूचना संचार क्षेत्रमा २ लाख युवा संलग्न
- टेलिमेडिसिन केन्द्रको स्थापना र सातै प्रदेशमा सूचना ज्ञान पार्क स्थापना
- सबै स्थानीय तहलाई उच्च गतिको इन्टरनेट नेटवर्कको पहुँच
जलवायु परिवर्तन तथा वातावरण संरक्षण
- सन् २०४५ सम्म शून्य कार्बन (नेट जिरो ) लक्ष्य अनुरूप हरित अर्थतन्त्र रोडम्याप प्रारम्भ
- विद्युतीय सवारी साधन र चुलोको प्रयोग ५० प्रतिशत
- वन ढाकेको क्षेत्रफल कुल ४७ प्रतिशत
- जलवायु परिवर्तन अनुसन्धान केन्द्र स्थापना
कृषि
- खाद्यान्न उत्पादकत्वमा वृद्धि
- तरकारी, फलफूल, माछा, मासु, दुध, मसला एवं औद्योगिक वालीमा आत्मनिर्भर
- नगदे वाली र जडीबुटीको निर्यात दोबर
-खाद्य असुरक्षा सूचकांकमा प्रगति
- भूउपयोग नीति अनुसार भूमिको वर्गीकरण
- कृषि मल कारखाना स्थापना
भौतिक पूर्वाधार
- आधा घण्टाभित्र पक्की सडक पुग्ने जनसंख्या ७५ प्रतिशत
- सुरक्षित घरमा बसोबास गर्ने परिवारको संख्या ५५ प्रतिशत
- राष्ट्रिय गौरवका सबै निर्माणाधीन आयोजनाहरू सम्पन्न
ऊर्जा र जलस्रोत
- विद्युतीय ऊर्जाको उत्पादन १०००० मेगावाट
- प्रति व्यक्ति विद्युतीय ऊर्जा खपत १२०० युनिट
- ४०० केभी को पूर्व-पश्चिम प्रसारण लाइन सम्पन्न
पर्यटन
- पाँच वर्षमा वार्षिक २० लाख पर्यटक
- दैनिक पर्यटक खर्च १०० डलर कूल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको प्रत्यक्ष योगदान ५ प्रतिशत
कला संस्कृति तथा खेलकुद
- स्रष्टा सर्जकहरूको वृत्ति विकास
- प्रदेश स्तरीय सांस्कृतिक सङ्ग्रहालय एवं आदिवासी-जनजातिहरूको भाषा, साहित्य, संस्कृतिको संरक्षण र सम्वर्द्धन उदीयमान तथा व्यावसायिक खेलाडीहरूमा व्यापक लगानी