शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

हयात होटल घाटामा, प्रतिसेयर आम्दानी पनि ऋणात्मक

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज २२ २०७८
images
हयात होटल घाटामा, प्रतिसेयर आम्दानी पनि ऋणात्मक
images
images

काठमाडौं- कोभिडका कारण लामो समय होटल बन्द हुँदा तारागाउँ रिजेन्सी होटल हयात घाटामा गएको छ। आर्थिक वर्ष २०७७/७८ मा तारागाउँ रिजेन्सी ४ करोड ९६ लाख ४९ हजार ७६७ रुपैयाँ नोक्सानमा गएको हो। अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा भने होटलको नाफा १७ करोड ७४ लाख रुपैयाँ थियो।

images
images
images

यसै अवधिमा होटलको सञ्चालन आम्दानी पनि १४ करोड ७३ लाख रुपैयाँमा खुम्चिएको छ। अघिल्लो आर्थिक वर्षमा होटलको सञ्चालन आम्दानी ८५ करोड २६ लाख रुपैयाँ थियो । नोक्सानमा देखिएको तारागाउँको प्रतिसेयर आम्दानी पनि २.६३ रुपैयाँ ऋणात्मक छ।

images
images

घट्दो सेयर हिसा

images
images

२०४९ मंसिर ८ मा बसेको मन्त्रिपरिषदको बैठकले समितिको नाममा रहेको जग्गामध्ये १५४ रोपनी रिजेन्सी होटल लिमिटेडलाई भाडामा र १५० रोपनी जग्गा सेयर लगानीमा रहने गरी दिने निर्णय गरेको थियो।

सरकारले समितिको स्वामित्वमा रहेको ३ सय ४ रोपनी जग्गामध्ये १ सय ५० रोपनी जग्गा प्रतिरोपनी १० लाखका दरमा हुन आउने रकम बराबरको सेयर लगानी गर्ने र बाँकी १ सय ५४ रोपनी जग्गा प्रतिवर्ष प्रतिरोपनी १० हजार रुपैयाँका दरमा भाडामा दिने गरी सम्झौता गर्ने निर्णय भएको थियो।

२०७५ सालमा संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले समेत उक्त १५० रोपनी जग्गा मालपोत ऐन २०३४ विपरीत कम्पनीका नाममा लगिएको ठहर गर्दै फिर्ता ल्याउन सरकारलाई निर्देशन दिएको थियो। 

सम्झौता गर्दा सरकारका नाममा रहेको ३९ दशमलव ७७ प्रतिशत सेयर अहिले ९ दशमलव ०१ प्रतिशतमा झरेको छ। उक्त विषयमा अनुसन्धान गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको थियो।  तर,अहिलेसम्म छानबिन भएको छैन।


प्रकाशित : शुक्रबार, असोज २२ २०७८०५:२४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend