शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

आयातमा अन्तर्राष्ट्रिय मूल्यवृद्धिको दबाब मत्थर, असारमा उच्च बिन्दुमा पुगेको सूचक लगातार दोस्रो महिना घट्यो

आइतबार, कात्तिक १३ २०७९
आयातमा अन्तर्राष्ट्रिय मूल्यवृद्धिको दबाब मत्थर, असारमा उच्च बिन्दुमा पुगेको सूचक लगातार दोस्रो महिना घट्यो

साउनमा १९.४ प्रतिशतमा झरेको थियो भने भदौमा १३.६ प्रतिशतमा सीमित भएको छ। 

काठमाडौं- चालु आर्थिक वर्षको पहिलो दुई महिनामा आयात हुने वस्तुको प्रतियुनिट मूल्यवृद्धिदर घटेको छ। 

 नियन्त्रित अन्तर्राष्ट्रिय व्यापारले गर्दा आयातको आँकडा केही घटेको छ। निर्यात पनि घटेको छ। तर यो बीचमा रेमिट्यान्समा वृद्धि देखिएको छ। वस्तुको मात्रामा आयात थोरै भएपनि अन्तर्राष्ट्रिय मूल्यवृद्धिका कारणले गर्दा मुलुकको बाह्य क्षेत्रमा चुनौति न्यून भएको छैन। 

बजारमा सिर्जना भएको मागलेभन्दा पनि अन्तर्राष्ट्रिय मूल्यवृद्धिकै कारणले गर्दा आयातका लागि धेरै रकम बाहिरिएको यो तथ्यांकले देखाउँछ। पेट्रोलियम पदार्थसँगै फलाम, गाडीका पार्टपुर्जा तथा ग्याजेट्सको पनि मूल्यवृद्धि भएको छ। समग्रमा धेरै आयात हुने सामग्रीको मात्राभन्दा पनि मूल्यवृद्धिका कारणले आयातमा उच्च वृद्धि देखिएको छ। 

राष्ट्र बैंकको तथ्यांक अनुसार गएको आर्थिक वर्षको अन्त्यमा आयात हुने वस्तुको प्रति युनिट मूल्यवृद्धिदर उच्च बिन्दुमा पुगेको थियो। असारमा २१ प्रतिशत पुगेको यस्तो मूल्यवृद्धि चालु वर्षको साउनदेखि ओरालो लागेको छ। 

साउनमा १९.४ प्रतिशतमा झरेको थियो भने भदौमा १३.६ प्रतिशतमा सीमित भएको छ। 

तर यस्तो युनिट मूल्यमा भएको वृद्धिदर भदौमा झनै आएर मत्थर भएको छ। गएको वर्षको बैशाखदेखि तीव्र वृद्धि भएर असारमा उच्च बिन्दुमा अर्थात् २१.६ प्रतिशतले बढेको थियो। गएको भदौमा पनि १३.३ प्रतिशत मात्र यस्तो मूल्यवृद्धि थियो। त्यो बढेर अन्तमा २१ प्रतिशत पुगेको थियो। यो वर्षको साउनदेखि घट्ने ट्रेन्डमा गएको हुनसक्ने राष्ट्र बैंकको अनुमान छ। यद्यपि आगामी महिनाका तथ्यांकबाट यसको स्पष्ट चित्र देखिने अधिकारीहरूको भनाइ छ। 


प्रकाशित : आइतबार, कात्तिक १३ २०७९०१:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend