बिहीबार , जेठ ३ गते २०८१    
images
images

ट्विटर किन्न एलन मस्कले कहाँबाट जुटाए नेपालको जीडीपीभन्दा धेरै ४४ अर्ब डलर? 

images
शुक्रबार, कात्तिक ११ २०७९
images
images
ट्विटर किन्न एलन मस्कले कहाँबाट जुटाए नेपालको जीडीपीभन्दा धेरै  ४४ अर्ब डलर? 

स्वामित्व लिएसँगै उनले आफूले पैसा कमाउनका लागि ट्विटर खरिद नगरेको प्रष्ट पारेका छन्। साथै उनले ट्विटरलाई अहिलेजस्तो एकल उद्देश्यमा सीमित नपारी गेमिङ, भिडियो लगायतका सुविधा थप गर्ने संकेत गरेका छन्। 

images
images

काठमाडौं- माइक्रो ब्लगिङ साइट ट्विटर विश्वकै धनी एलन मस्कले नेपालको जीडीपीभन्दा धेरै रकम खर्च गरेर किनेका छन्। ४४ अर्ब अमेरिकी डलरमा स्वामित्व  खरिद गरेर मस्क बिहीबार ट्वीटरको मालिक बनेका हुन्।

images
images
images

छ महिनाअघि खरिद गर्ने प्रक्रिया अघि बढे पनि विवाद र असहमतिमा रूमलिएको यो खरिदबिक्री प्रक्रियालाई मस्कले बिहीबार अन्तिम टुंगो लगाएका छन्। 

images

सुरूमा ट्विटरको ९ प्रतिशत सेयर खरिद गरेका मस्कले सबै सेयर किन्ने प्रस्ताव गरेका थिए। ४४ अर्ब डलरमा खरिद गर्ने प्रस्ताव गरेपछि ट्विटरका सेयर होल्डरले स्वीकृति दिएका थिए। 

images
images

स्वामित्व हस्तान्तरणको कानूनी प्रक्रिय सुरू हुन नपाउँदै मस्कले फेरि उक्त सम्झौताबाट पछाडि हट्ने घोषणा गरे। तर, ट्विटरले यसका विरुद्ध न्यायिक प्रक्रियामा गयो। 

images
images

ट्विटरका प्रयोगकर्ताको वास्तविक संख्या पारदर्शी नभएको, स्वचालित खाताको संख्या धेरै भएको हुनसक्ने भन्दै मस्कले आफू यो प्रक्रियाबाट पछि हट्ने बताएका थिए। तर, अदालतमा सुनुवाइ हुने भनिएको एक दिनपहिले नै मस्कले उक्त विवाद सल्टाउँदै ट्विटरको सबै स्वामित्व लिएर निजी कम्पनी बनाइदिएका छन्। 

स्वामित्व लिएसँगै उनले आफूले पैसा कमाउनका लागि ट्विटर खरिद नगरेको प्रष्ट पारेका छन्। साथै, उनले ट्विटरलाई अहिलेजस्तो एकल उद्देश्यमा सीमित नपारी गेमिङ, भिडियो लगायतका सुविधा थप गर्ने संकेत गरेका छन्। 

विज्ञापन नीतिमा पनि परिवर्तन गर्ने संकेत गरेका मस्कले सबैलाई सबै सुविधा नि:शुल्क नहुने पनि प्रष्ट पारेका छन्। 

टेस्ला र स्पेस एक्सका प्रमुख कार्यकारी मस्क संसारकै धनाढ्य हुन्। २ सय २१ अर्ब डलर सम्पत्तिका मालिक मस्कले ट्विटर खरिद गर्नका लागि ४४ अर्ब अमेरिकी डलरको कसरी जुटाए?

अलजजिरा डटकममा प्रकाशित रिपोर्ट अनुसार मस्कले मुख्यतया तीन माध्यमबाट वित्तीय व्यवस्था गरेका छन्। 

पहिलो हो व्यक्तिगत सम्पत्ति। 

९ प्रतिशत सेयर यसअघि नै खरिद गरिसकेका मस्कले व्यक्तिगत रुपमा १५ अर्ब डलर जुटाएका छन्। उनले यसअघि टेस्लाको सेयर बिक्रीबाट १५.५ अर्ब डलर नगद जुटाएका थिए। २०२२ को अप्रिलद र अगस्टमा गरी मस्कले यो सेयर बिक्री गरेका थिए। 

त्यस्तै उनले १२.५ अर्ब डलर टेस्लामै रहेको आफ्नो सेयरको आधारमा ऋणबाट जुटाएका छन्। 

व्यक्तिगत सम्पत्ति र सम्पत्तिकै आधारमा लिएको ऋणबाट उनले २७ अर्ब डलरभन्दा बढीको स्रोत व्यवस्थापन गरेका छन्। 

अर्को माध्यम हो लगानी कोष।

मस्कले ५.२ अर्ब डलर लगानी समूह तथा कोषबाट जुटाएका छन्। यसमा ओरकलका सहसंस्थापक ल्यारी इलिसन लगायत पनि सहभागी छन्। 

कतार होल्डिङ, कतार इन्भेष्टमेन्ट अथोरिटी लगायतबाट मस्कले स्रोत व्यवस्थापन गरेका छन्। साउदी अरबका राजकुमार अल्वालिद बिन तलालबाट पनि मस्कले केही रकम जुटाएका छन्। राजकुमार तलालले आफूसँग भएको ३ करोड ५० लाख कित्ता शेयर यसअघि नै मस्कलाई हस्तान्तरण गरिदिएका थिए।

तेस्रो हो ऋण

यी स्रोत बाहेक मस्कले बाँकी रहेको १३ अर्ब डलर भने ऋणबाट जुटाएका छन्। विभिन्न बैंकहरूबाट मस्कले यो रकम जुटाएका हुन्। मोर्गन स्ट्यान्ले, बैंक अफ अमेरिका, जापनिज बैंक मित्सुबिसी यूएफजे फाइनान्सियल ग्रुप र मिजुहो, बार्सले र फ्रेन्च बैंकबाट ऋण लिएका छन्। 

मस्कले अमेरिकी सेक्युरिटी तथा एक्सचेन्ज कमिसनमा बुझाएको विवरणमा स्ट्यान्ले एक्लैले ३.५ अर्ब ऋण दिएको छ। 

यो सबै ऋणको ग्यारेन्टी भने ट्वीटर  तथा यसका कम्पनी हुनेछन्।


प्रकाशित : शुक्रबार, कात्तिक ११ २०७९११:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend