शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

ऋणको ब्याजदर बढेको बढ्यै, आधार ब्याजदर कुनको कति ?

बिहीबार , कात्तिक १० २०७९
ऋणको ब्याजदर बढेको बढ्यै, आधार ब्याजदर कुनको कति ?

काठमाडौ-बैंकहरुको तीन महिनाको वित्तीय विवरण अनुसार वाणिज्य बैंकको आधार ब्याजदर (बेस रेट)  झनै बढेको देखिएको छ। असोज २०७८ को तुलनामा २०७९ असोजमा बैंकहरुको बेसरेट ४ प्रतिशत बिन्दुसम्मले बढेको हो। बेसरटेमा भएको वृद्धिकै अनुपातमा कर्जाको ब्याजदर पनि बढेको छ।

राष्ट्र बैंकले बैंकहरुलाई जारी गरेको एकीकृत निर्देशनमा आधार ब्याजदर बढेको आधारमा एक त्रैमासमा एकपटक मात्र कर्जाको ब्याजदर वृद्धि गर्न सकिने व्यावस्था रहेको छ। सोही व्यवस्था अनुसार अधिकांश वित्तीय संस्थाले कर्जाको ब्याजदर बढाएका छन्। 

गत वर्षको तुलनामा बैंकहरुको बेसरेट २ देखि ४ प्रतिशत बिन्दुसम्मले बढेको छ। मेगा बैंकको भने बेसरेट १.०३ प्रतिशत बिन्दुले वृद्धि हुँदा स्ट्यान्डर्ड चाटर्ड बैंकको बेसरेट ४.०८ प्रतिशत विन्दुले वृद्धि भएको छ।

वित्तीय विवरणअनुसार सबैभन्दा कम बेसरेट पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको बेसरेट ८.८५ प्रतिशत र नेपाल बैंकको बेसरेट ८.९२ प्रतिशत रहेको छ।

यस्तै स्ट्यान्डर्ड चाटर्ड बैंकको बेसरेट ९.२६ प्रतिशत, एभरेष्ट बैंकको ९.३० प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकको ९.३९ प्रतिशत, नबिल बैंकको ९.४५ प्रतिशत र कृषि विकास बैंकको ९.८३ प्रतिशत बेसरेट रहेको छ। बाँकी रहेको १९ बैंकको बेसरेट दोहोरो अंकमा पुग्दा सबैभन्दा धेरै सिटिजन्स बैंकको ११.१४ प्रतिशत र सिभिल बैंकको बेसरेट ११.०९ प्रतिशत पुगेको छ।

बैंकहरुको  बेसरेट  (प्रतिशतमा)
बैंक असोज २०७८ असोज २०७९
सिटिजन्स बैंक इन्टरनेसनल ८.११ ११.१४
सिभिल बैंक ८.२६ ११.०९
कुमारी बैंक ७.८८ १०.९९
एनसीसी बैंक ८.१२ १०.९५
सनराइज बैंक ८.४ १०.९४
प्राइम कमर्सियल बैंक ८.२७ १०.९१
बैंक अफ काडमाण्डू ८.५६ १०.८७
मेेगा बैंक नेपाल ९.८१ १०.८४
सेञ्चुरी बैंक ८.०९ १०.७६
एनआईसी एशिया बैंक ७.४८ १०.६७
लक्ष्मी बैंक ७.५७ १०.६६
प्रभु बैंक ७.६३ १०.५१
सानिमा बैंक ७.४५ १०.५
सिद्धार्थ बैंक ७.५७ १०.४३
हिमालयन बैंक ७.०१ १०.४३
माछापुच्छ्रे बैंक ७.३६ १०.३६
नेपाल एसबिआई बैंक ७.२६ १०.२२
ग्लोबल आईएमई बैंक ७.४१ १०.१९
एनएमबि बैंक ७.२७ १०.१५
कृषि विकास बैंक ७.१२ ९.८३
नबिल बैंक ६.११ ९.४५
नेपाल इन्भेष्टमेन्ट बैंक ६.७७ ९.३९
एभरेष्ट बैंक ९.३
स्ट्यान्डर्ड चाटर्ड बैंक ५.१८ ९.२६
नेपाल बैंक ५.९३ ८.९२
राष्ट्रिय वाणिज्य बैंक ५.६३ ८.८५


प्रकाशित : बिहीबार , कात्तिक १० २०७९०२:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend