बिहीबार , वैशाख १३ गते २०८१    
images
images

ऋणको ब्याजदर बढेको बढ्यै, आधार ब्याजदर कुनको कति ?

images
images
images
ऋणको ब्याजदर बढेको बढ्यै, आधार ब्याजदर कुनको कति ?
images
images

काठमाडौ-बैंकहरुको तीन महिनाको वित्तीय विवरण अनुसार वाणिज्य बैंकको आधार ब्याजदर (बेस रेट)  झनै बढेको देखिएको छ। असोज २०७८ को तुलनामा २०७९ असोजमा बैंकहरुको बेसरेट ४ प्रतिशत बिन्दुसम्मले बढेको हो। बेसरटेमा भएको वृद्धिकै अनुपातमा कर्जाको ब्याजदर पनि बढेको छ।

images
images
images

राष्ट्र बैंकले बैंकहरुलाई जारी गरेको एकीकृत निर्देशनमा आधार ब्याजदर बढेको आधारमा एक त्रैमासमा एकपटक मात्र कर्जाको ब्याजदर वृद्धि गर्न सकिने व्यावस्था रहेको छ। सोही व्यवस्था अनुसार अधिकांश वित्तीय संस्थाले कर्जाको ब्याजदर बढाएका छन्। 

images

गत वर्षको तुलनामा बैंकहरुको बेसरेट २ देखि ४ प्रतिशत बिन्दुसम्मले बढेको छ। मेगा बैंकको भने बेसरेट १.०३ प्रतिशत बिन्दुले वृद्धि हुँदा स्ट्यान्डर्ड चाटर्ड बैंकको बेसरेट ४.०८ प्रतिशत विन्दुले वृद्धि भएको छ।

images

वित्तीय विवरणअनुसार सबैभन्दा कम बेसरेट पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको बेसरेट ८.८५ प्रतिशत र नेपाल बैंकको बेसरेट ८.९२ प्रतिशत रहेको छ।

images
images

यस्तै स्ट्यान्डर्ड चाटर्ड बैंकको बेसरेट ९.२६ प्रतिशत, एभरेष्ट बैंकको ९.३० प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकको ९.३९ प्रतिशत, नबिल बैंकको ९.४५ प्रतिशत र कृषि विकास बैंकको ९.८३ प्रतिशत बेसरेट रहेको छ। बाँकी रहेको १९ बैंकको बेसरेट दोहोरो अंकमा पुग्दा सबैभन्दा धेरै सिटिजन्स बैंकको ११.१४ प्रतिशत र सिभिल बैंकको बेसरेट ११.०९ प्रतिशत पुगेको छ।

बैंकहरुको  बेसरेट  (प्रतिशतमा)
बैंक असोज २०७८ असोज २०७९
सिटिजन्स बैंक इन्टरनेसनल ८.११ ११.१४
सिभिल बैंक ८.२६ ११.०९
कुमारी बैंक ७.८८ १०.९९
एनसीसी बैंक ८.१२ १०.९५
सनराइज बैंक ८.४ १०.९४
प्राइम कमर्सियल बैंक ८.२७ १०.९१
बैंक अफ काडमाण्डू ८.५६ १०.८७
मेेगा बैंक नेपाल ९.८१ १०.८४
सेञ्चुरी बैंक ८.०९ १०.७६
एनआईसी एशिया बैंक ७.४८ १०.६७
लक्ष्मी बैंक ७.५७ १०.६६
प्रभु बैंक ७.६३ १०.५१
सानिमा बैंक ७.४५ १०.५
सिद्धार्थ बैंक ७.५७ १०.४३
हिमालयन बैंक ७.०१ १०.४३
माछापुच्छ्रे बैंक ७.३६ १०.३६
नेपाल एसबिआई बैंक ७.२६ १०.२२
ग्लोबल आईएमई बैंक ७.४१ १०.१९
एनएमबि बैंक ७.२७ १०.१५
कृषि विकास बैंक ७.१२ ९.८३
नबिल बैंक ६.११ ९.४५
नेपाल इन्भेष्टमेन्ट बैंक ६.७७ ९.३९
एभरेष्ट बैंक ९.३
स्ट्यान्डर्ड चाटर्ड बैंक ५.१८ ९.२६
नेपाल बैंक ५.९३ ८.९२
राष्ट्रिय वाणिज्य बैंक ५.६३ ८.८५

images

प्रकाशित : बिहीबार , कात्तिक १० २०७९०२:१३

प्रतिक्रिया दिनुहोस