शुक्रबार, मंसिर ७ गते २०८१    
images
images

आकाशिँदो मूल्यले हिमाली जिल्लाका उपभोक्ता मर्कामा

images
बुधबार, कात्तिक ९ २०७९
images
images
आकाशिँदो मूल्यले हिमाली जिल्लाका उपभोक्ता मर्कामा

असोज तेस्रो साता आएको अविरल वर्षापछिको बाढी र पहिराले लामो समयसम्म सडक बन्द हुँदा हिमाली जिल्लाको बजार मूल्य आकाशिएको छ। 

images
images

कर्णाली- असोज तेस्रो साता आएको अविरल वर्षापछिको बाढी र पहिराले लामो समयसम्म सडक बन्द हुँदा हिमाली जिल्लाको बजार मूल्य आकाशिएको छ। 

images
images
images

सडक अवरुद्ध भएको २० दिनपछि मात्र कात्तिक ८ गते म‌ंगलबार कर्णाली राजमार्ग खुलेको छ। राजमार्ग त खुलेको छ तर सबै सवारी साधन सहजै आवतजावत हुन सकेका छैनन्। सडकको अवस्था अत्यन्तै जोखिमपूर्ण रहेकाले आवश्यक उपभोग्य समानको आयात सहज बन्न सकेको छैन। अवरुद्ध राजमार्गलाई देखाएर मनोमानी तरिकाले बढाइएको उपभोग्य वस्तुको मूल्य व्यापारीले कायमै राख्दा उपभोक्ता मर्कामा परेका छन्। 

images

उपभोक्ता चामल, दाल, तेल, चिनी, मैदालगायत वस्तु महँगोमा मूल्य किन्न बाध्य छन् । सडक अवरुद्ध हुनुअघि प्रतिकिलो ७० रुपैयाँ मा पर्ने मैदा यतिबेला प्रतिकिलो १६० रुपैयाँमा बिक्री हुँदै छ। सेल रोटी हाल्नका लागि तिहारको मुखमा प्रतिकिलो १६० रुपैयाँ हालेर पनि मैदा किन्न नपाइएको जुम्लाको चन्दननाथ नगरपालिका-७ की सम्झना महतले बताइन्। 

images

'खाना पकाउने ग्यासको मूल्य तीन हजार रुपैयाँ पुगेको छ भने खाने तेल प्रतिपोका  १६० रुपैयाँ पुर्‍याइएको छ',  उनीले भनिन, 'बजारमा उपभोग्य वस्तु छोइसक्नु अवस्थाका छैनन्। पहिले  ५० रुपैयाँ पर्ने माला अहिले २ सय  रुपैयाँ पर्छ।' मूल्य तेब्बरले बढेको छ। 


हिजोका दिनमा खसीको मासु विस्थापित गरेको ब्रोइलर कुखुरा हिमाली जिल्लामा पाउन छोडेको छ। खसीको मूल्य आकाशिँदो छ। 

बजारमा सामान अभाव भएर व्यापारी होइन, उपभोक्तालाई ठूलो मर्का परेको छ। व्यापारीले विपद्का कारण अवरुद्ध कर्णाली राजमार्गलाई माध्यम बनाएर रातारात कमाउने अवसर लिइरहेका छन्। बजारमा कृत्रिम अभाव देखाएर कालाबजारी गर्ने व्यापारीलाई स्थानीय प्रशासनले कारबाही गरेको छैनन्।

सवारी साधनमा प्रयोग हुने डिजेल र पेट्रोल अभाव भएको भन्दै गाडी सञ्चालकले २०-२५ प्रतिशत भाडा बढाएका छन्। प्रतिकिलो  ५० पर्ने तरकारी बढेर १ सय रुपैयाँ पुगेको छ। मसलाजन्य सबै वस्तुको मूल्य पनि दोब्बरले बढेको उपभोक्ताले बताएका छन्। यो समस्या कर्णालीका हुम्ला, डोल्पा, मुगु, जुम्लालगायत जिल्लामा बढी छ। 

जिल्ला प्रशासन कार्यालय जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले कर्णाली राजमार्ग खुलिसकेकाले अब बजार पहिलेकै अवस्थामा आउने जानकारी दिए। उनका अनुसार भर्खरै गरेको बजार अनुगमन तथा निरीक्षणका क्रममा म्याद गुज्रेका सामान बरामद गरी नष्ट गरिएको बताए


प्रकाशित : बुधबार, कात्तिक ९ २०७९०४:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend