बिहीबार , असोज ३ गते २०८१    
images
images

बेलायतमा राजाभन्दा धनी प्रधानमन्त्री, के हो उनको आयस्रोत?

images
मंगलबार, कात्तिक ८ २०७९
images
images
बेलायतमा राजाभन्दा धनी प्रधानमन्त्री, के हो उनको आयस्रोत?

फोर्ब्सले सुनक दम्पतिको कुल सम्पत्ति ८१ करोड अमेरिकी डलर (करिब १ खर्ब ७ अर्ब नेपाली रुपैयाँ) रहेको अनुमान गरेको छ।

images
images

काठमाडौं- बेलायतको प्रधानमन्त्री नियुक्त भएका ४२ वर्षीय ऋषि सुनाकको कुल सम्पत्ति तथा आयस्रोत बेलायती राजा चार्ल्स तृतीयको भन्दा बढी छ। पूर्वअर्थमन्त्री तथा पूर्वबैंकर सुनाक पहिल्यै बेलायतका सबैभन्दा धनी २०० व्यक्तिमध्येमा एक थिए।

images
images
images

उनको अधिकांश सम्पत्ति उनकी श्रीमती तथा भारतीय अर्बपति व्यवसायी एनआर नारायण मुर्तीकी छोरी अक्षता मुर्तीको नाममा छ। 

ऋषिका ससुरा नारायण मुर्ती भारतको टेक जायन्ट इन्फोसिसका सहसंस्थापक तथा निवृत्त अध्यक्ष हुन्। फोर्ब्सअनुसार उनको नेटवर्थ साढे ४ अर्ब अमेरिकी डलर छ। इन्फोसिसमा ऋषिकी पत्नी अक्षताको ० दशमलव ९३ प्रतिशत सेयर छ, जसको मूल्य ७१ करोड ५० लाख अमेरिकी डलर बराबर हुन आउँछ, जुन यी दम्पतिको संयुक्त सम्पत्ति हो। फोर्ब्सले सुनक दम्पतिको कुल सम्पत्ति ८१ करोड अमेरिकी डलर (करिब १ खर्ब ७ अर्ब नेपाली रुपैयाँ) रहेको अनुमान गरेको छ।

sunak dampati.jpg

बेलायती राजा चार्ल्स तृतीयको सम्पत्ति ५० करोड अमेरिकी डलर (६६ अर्ब रुपैयाँबराबर) रहेको फोर्ब्सले  जनाएको छ ।

images

सन् २००९ मा भारतको बैंगलोरमा विबाह गरेका सुनाक र मुर्तीका दुई छोरी छन् भने आफ्नै रियस इस्टेट पोर्टफोलियो छ। उनीहरुसँग बेलायत तथा अमेरिकाको क्यालिफोर्नियामा चारवटा घर छन्, जसको मूल्य १ करोड ८३ लाख अमेरिकी डलर ९करिब २ अर्ब ४१ करोड रुपैयाँ छ। 

उनीहरुको सबैभन्दा ठूलो सम्पत्ति उत्तरी योर्कसायरस्थित किर्बी सिङ्सटनमा रहेको मानोर हाउस हो, जुन उनीहरुले सन् २०१५ मा २३ लाख डलरमा किनेका थिए। १९औं सताब्दीमा निर्मित यो महल सम्पदा सूचीमा समावेश छ। यो घरमा सुविधा थप्न उनीहरुले ४ लाख ५० हजार डलर खर्च गरेका थिए।

हाल लन्डनमा उनीहरु बस्दै आएको घर सन् २०१० मा ७१ लाख डलरमा खरिद गरेका थिए। अमेरिकाको क्यालिफोर्नियामा सुनाक तथा मुर्तीले स्टानफोर्ड ग्र्याजुयट स्कुल अफ बिजनेसमा पढ्दा भेटेका थिए। त्यहाँ उनीहरुको समुद्रतर्फ फर्किएको एउटा घर पनि छ, जसको मूल्य ७५ लाख अमेरिकी डलर छ।

ऋषिपत्नी मुर्ती इन्फोसिसको सेयरको अतिरिक्त क्याटामरान भेन्सर्स युकेकी मालिक पनि हुन्। त्यो उनको बुवाको कम्पनीको बेलायतस्थित शाखा हो। यो कम्पनीमा पहिला सुनाकको पनि ५० प्रतिशत सेयर थियो तर सन् २०१५ मा राजनीतिमा आउनुअघि उनले त्यो हस्तान्तरण गरेका थिए ।


प्रकाशित : मंगलबार, कात्तिक ८ २०७९१०:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend