शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

राष्ट्र बैंकको खुकुलो नीतिसँगै वाणिज्य बैंकहरू नगद लाभांशका केन्द्रित, अहिलेसम्म कुनको कति?

बुधबार, कात्तिक ९ २०७९
राष्ट्र बैंकको खुकुलो नीतिसँगै वाणिज्य बैंकहरू नगद लाभांशका केन्द्रित, अहिलेसम्म कुनको कति?

काठमाडौं- नेपाल राष्ट्र बैंकले नगद लाभांश वितरणमा गर्दै आएको कडाईलाई खुकुलो बनाएसँगै बैंकहरूले नगद वितरणमा केन्द्रित भएका छन्। विगतमा लाभांश बापत बोनस सेयरमा केन्द्रित हुने वाणिज्य बैंकहरूले गतवर्षको नाफाबाट भने अधिकांशले नगदनै घोषणा गरेका छन्। 

घट्दो बजार भएकाले बोनस सेयर भन्दा पनि नगद लाभांश पनि फाइदाजनकहुने सेयर बिश्लेषकहरू बताउँछन्। वाणिज्य बैंकहरूमा चुक्ता पुँजीको दबाब नरहेपछि नगद लाभांशनै दिन लागेका हुन्। बैंकसँगै बिमा, हाइड्रोपावर, म्युचुअल फन्डहरू पनि नगदमा केन्द्रित भएका छन्। विगतका वर्षहरूको तुलनामा बैंकहरूको लाभांशदर समग्रमा घटेको छ। त्यसैले पनि यसपटक मर्जरमा जाने बैंकहरूले नगदमै केन्द्रित गरेका छन्।

हालसम्म करिब ३ दर्जन कम्पनीहरूले गतवर्षको नाफाबाट लाभांश घोषणा गरेका छन्। जसमध्ये १ पूर्बाधार र ६ वटा वाणिज्य बैंक पनि रहेका छन्। लाभांश घोषणा गर्ने ६ वटा बैंकमध्ये ४ वटा मर्जर प्रकृयामा सहभागी भएका छन्।

बैंक तथा वित्तीय संस्थाले वितरणयोग्य नाफाको ३० प्रतिशत मात्र नगद लाभांश वितरण गर्न पाउने व्यवस्था हटाएको थियो। हालसम्म लाभांश घोषण भएका कम्पनीले धमाधम नगद गरिरहदाँ अन्य घोषण गर्न बाँकी भएका कम्पनीले समेत नगदनै बढी राखेर घोषणा गर्ने तयारी गरेका छन्। 

गत वर्ष पनि अधिकांशले बोनस सेयर नै दिएकाले यसपटक नगदमा जोड दिएका छन्। कुमारी र एनसीसी बैंकले पनि नगदलाई नै प्राथमिकतामा राखेका छन्। त्यस्तै, ग्लोबल आइएमई बैंकसँग मर्ज सम्झौता गरेको बैंक अफ काठमाण्डुले पनि बोनस  नगद लाभांश नै धेरै दिएको।

यसले कुुल २०.९५ प्रतिशत लाभांशमध्ये जम्मा ६ प्रतिशत मात्र बोनस सेयर दिने भएको हो। ग्लोबल आइएमइ बैंकले १३.६ प्रतिशत लाभांश मध्ये (बोनस सेयर ३ प्रतिशत र नगद लाभांश १०.६ प्रतिशत) घोषणा गरेको छ। पछिल्लो ३ वर्ष बैंकहरूले नगद लाभांश दिन नपाएका कारणले पनि नगदमा केन्द्रित भएका छन्।  

हालसम्म बैंक अफ काठमाण्डु, कुमारी, सिटिजन्स, एनसीसी, सानिमा बैंक र ग्लोबल आईएमई बैंकले लाभांश घोषणा गरेका छन्। जसमा कुमारी बैंकले १२ प्रतिशत र सिटिजन्सले ९ प्रतिशत नगद लाभांश घोषणा गरेका छन् भने बैंक अफ काठमाण्डूले ६ बोनस र १४.९ प्रतिशत नगद र एनसीसीले ३.३३ प्रतिशत बोनस र ७.६३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेका छन्।

ग्लोबल आइएमइ बैंकले १३.६ प्रतिशत लाभांश मध्ये (बोनस सेयर ३ प्रतिशत र नगद लाभांश १०.६ प्रतिशत) घोषणा गरेको छ। यस्तै, निफ्राले पनि सेयरधनीलाई ४.२१ प्रतिशत नगद लाभांश घोषणा गरेको छ। 


प्रकाशित : बुधबार, कात्तिक ९ २०७९०२:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend