शुक्रबार, चैत १६ गते २०८०    
images
images

एनएमबि बैंकको नाफा १३ प्रतिशतले घट्यो

images
images
एनएमबि बैंकको नाफा १३ प्रतिशतले घट्यो
images
images

काठमाडौं-एनएमबि बैंकले चालू आवको पहिलो त्रैमासिकमा  ९० करोड ४१ लाख नाफा कमाएको छ। यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा भने १३ प्रतिशत कमि आएको हो। गत आवमा कम्पनीले १ अर्ब ४ करोड नाफा कमाएको थियो। 

images
images
images

त्यसैगरी चालू आवमा कम्पनीको वितरणयोग्य नाफा २ अर्ब २३ करोड रहेको छ। कम्पनीको खुद ब्याज आम्दानी भने गत आवको तुलनामा चालू आवमा ४४ प्रतिशत वृद्धि भएको छ।

images

कम्पनीले गत आवमा १ अर्ब ४२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा चालू आवमा बढेर २ अर्ब ५ करोड रुपैयाँ पुगेको हो। नाफामा कमि आएसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी २२.७५ रुपैयाँ रहेकोमा चालू आवमा १९.६९ रुपैयाँ मा झरेको हो। 

images
images

कम्पनीको चुक्तापूँजी १८ अर्ब ३६ करोड रहेको छ। चालू आवको पहिलो त्रैमासमा कम्पनीले जगेडामा  ६ अर्ब ८८ करोड र रिटेण्ड अर्निङमा २ अर्ब ५८ करोड सञ्चित गरेको छ। 

images

प्रकाशित : सोमबार, कात्तिक ७ २०७९०६:०८

प्रतिक्रिया दिनुहोस
images
ट्रेन्डिङ