काठमाडौं-एनआईसी एसिया बैंकले पहिलो ३ महिनामै १ अर्ब ७५ करोड रुपैयाँ नाफा कमाएको छ। जुन वार्षिक विन्दुगत आधारमा ४९ प्रतिशतले बढी हो। गत वर्ष १ अर्ब १८ करोड रुपैयाँ नाफा गरेको थियो।
बैंकले पहिलो त्रैमासमा ३ खर्ब ८ अर्ब १८ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७३ अर्ब १० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।
बैंकको स्व–पूँजीमा प्रतिफल २६.५५ प्रतिशत र वार्षिक प्रतिसेयर आम्दानी ५९.६२ रुपैयाँ छ।