शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

हिमालयन बैंकको नाफा १७.५८ प्रतिशतले बढ्यो

सोमबार, कात्तिक ७ २०७९
हिमालयन बैंकको नाफा १७.५८ प्रतिशतले बढ्यो

काठमाडौं-चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा हिमालयन बैंकको खुद नाफा १७.५८ प्रतिशतले बढेर ५३ करोड २४ लाख रुपैयाँ पुगेको छ।

गत वर्षको यसैअवधिमा यसले ४५ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः ६२.६३ प्रतिशत र २१.८७ प्रतिशतले बढेको छ। 
 
हाल यसको चुक्ता पुँजी १२ अर्ब ९६ करोड रुपैयाँ रहेको छ। यसको रिजर्भ कोषमा भने ७ अर्ब ३५ करोड रुपैयाँ रहेको छ। असोज मसान्तसम्म आइपुग्दा वितरणयोग्य नाफा २ अर्ब ४० करोड रुपैयाँ छ।

यसको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ४२ पैसा र प्रतिसेयर नेटवर्थ १७५ रुपैयाँ २२ पैसा छ।  


प्रकाशित : सोमबार, कात्तिक ७ २०७९०३:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend