शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

नेपाल इन्भेष्टमेन्ट बैंकको खुद नाफा १ अर्ब १४ करोड रुपैयाँ

सोमबार, कात्तिक ७ २०७९
नेपाल इन्भेष्टमेन्ट बैंकको खुद नाफा १ अर्ब १४ करोड रुपैयाँ

काठमाडौं-चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा  नेपाल इन्भेष्टमेन्ट बैंकको खुद नाफा २३.४७ प्रतिशतले बढेर १ अर्ब १४ करोड रुपैयाँ पुगेको छ। गत वर्षको यसैअवधिमा बैंकले ९२ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यसअवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेको छ। बैंकको खुद ब्याज आम्दानी ६६.४९ प्रतिशत ले बढेर २ अर्ब १२ करोड रुपैयाँ पुगेको छ। गत वर्ष बैंकले १ अर्ब २७ करोड रुपैयाँ मात्रै खुद ब्याज आम्दानी गरेको थियो। 
 
यसको सञ्चालन नाफा २३.४७ प्रतिशतले बढेर १ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ। बैंकको वितरणयोग्य नाफा ७७५.०२ प्रतिशतले बढेको छ। यता, बैंकको प्रतिसेयर आम्दानी २.१९ रुपैयाँले बढेर २४.९२ रुपैयाँ पुगेको छ। गत वर्ष यसको प्रतिसेयर आम्दानी २२.७३ रुपैयाँ रहेको छ। यसको प्रतिसेयर नेटवर्थ १९२.३२ रुपैयाँ  छ।


प्रकाशित : सोमबार, कात्तिक ७ २०७९०३:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend