शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

निफ्राको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति?

सोमबार, कात्तिक ७ २०७९
निफ्राको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति?

काठमाडौं- नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड अर्थात निफ्राको खुद नाफा बढेको छ। समीक्षा अवधिमा बैंकको खुद नाफा ५६.४६ प्रतिशत बढेर ३७ करोड ८६ लाख रुपैयाँ पुगेको छ।

खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५८.६१ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी २९६.८८ प्रतिशत, कुल सञ्चालन आम्दानी ५९.४२ प्रतिशत र सञ्चालन नाफा ५६.४६ प्रतिशत बढेको छ।

असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य नाफा २९ करोड ८५ लाख रुपैयाँ रहेको छ।

नाफा बढेसँगै बैंकको ईपीएस अर्थात प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ १७ पैसा बढेर ७ रुपैयाँ १ पैसा पुगेको छ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ८ प्रतिशत बढेको छ भने जगेडा कोष २०.११ प्रतिशत घटेको छ। त्यसैगरी, बैंकको निक्षेप ३२.६९ प्रतिशत र कर्जा २६१.६३ प्रतिशत बढेको छ।


प्रकाशित : सोमबार, कात्तिक ७ २०७९०३:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend