बिहीबार , वैशाख २० गते २०८१    
images
images

नबिलको नाफा ४१ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो?

images
images
images
नबिलको नाफा ४१ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो?

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा नबिल बैंकको खुद नाफा ४१.३ प्रतिशतले बढेर १ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ। गत वर्षको यसै अवधिमा यसले १ अर्ब ११ करोड २२ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो।

images
images

काठमाडौं- चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा नबिल बैंकको खुद नाफा ४१.३ प्रतिशतले बढेर १ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ। गत वर्षको यसै अवधिमा यसले १ अर्ब ११ करोड २२ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो।

images
images
images

यसअवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेको छ। बैंकको खुद ब्याज आम्दानी ६४.०५ प्रतिशतले बढेर ३ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ। गत वर्ष बैंकले २ अर्ब २४ करोड रुपैयाँ मात्रै खुद ब्याज आम्दानी गरेको थियो। 
 
सञ्चालन नाफा ४०.३८ प्रतिशतले बढेर २ अर्ब २३ करोड रुपैयाँ पुगेको छ। बैंकको प्रतिसेयर आम्दानी भने ५. १ रुपैयाँले घटेर २७.०१ रुपैयाँमा झरेको छ। गत वर्ष यसको प्रतिसेयर आम्दानी ३२.११ रुपैयाँ रहेको थियो। यसको प्रतिसेयर नेटवर्थ २३३.२८ रुपैयाँ रहेको छ। 

images

images

प्रकाशित : सोमबार, कात्तिक ७ २०७९०३:१२

प्रतिक्रिया दिनुहोस