बिहीबार , वैशाख २७ गते २०८१    
images
images

दोस्रो बजारका आकर्षक नबिल, एभरेष्ट र एनआईसी एसिया बैंकले तिहारपछि दिँदैछन् आकर्षक लाभांश, कुनको कति?

images
बिजनेस न्युज
images
images
दोस्रो बजारका आकर्षक नबिल, एभरेष्ट र एनआईसी एसिया बैंकले तिहारपछि दिँदैछन् आकर्षक लाभांश, कुनको कति?
images
images

काठमाडौं- दोस्रो बजारमा अब्बल रहेका नबिल, एभरेष्ट र एनआईसी एसिया बैंकले तिहारपछि लाभांश घोषणा गर्दैछन्। आर्थिक सूचकमा अब्बल रहेता पनि दोस्रो बजारमा बैंकको सेयर मूल्य भने सस्तो मूल्यमै आएको छ। 

images
images
images

एआईसी एसिया बैंक

images

एनआईसी एसिया बैंकले वित्तीय सूचकमा आकर्षक सुधार गरेपनि दोस्रो बजारमा भने मूल्य बढ्न सकेको छैन। एनआईसी एसिया बैंकको सेयर आईतबार ६१८ रुपैयाँमा अन्तिम कारोबार भएको छ। पछिल्लो एक वर्षमा उच्चतम मूल्य ९३५ रुपैयाँमा कारोबार भएको थियो। 

images

अहिलेको मूल्य पछिल्लो एकवर्षयताकै सस्तो रहेको छ। लाभांशमा लागेको प्रतिबन्धका कारण गतवर्ष सेयर मूल्य ओरालो लागे पनि अब आउने वर्षहरुमा एनआईसी एसिया बैंकले सेयर लगानीकताई आकर्षक लाभांश दिने क्षमता भएकाले पनि मूल्यमा भारी वृद्धि हुने देखिन्छ।

images
images

बैंकको वितरणयोग्य नाफा २ अर्ब २४ करोडभन्दा बढी रहेको छ। एनआईसी एसिया बैंकले लाभांश क्षमता १९‍.३७ प्रतिशत रहेको छ।

गत आर्थिक वर्ष २०७८/७९ मा एनआईसी एसिया बैंकले ४ अर्ब ५२ करोड रुपैयाँ आर्जन गरेको थियो। यो अघिल्लो वर्षको तुलनामा ३८.८६ प्रतिशतले धेरै हो। अघिल्लो वर्ष बैंकले ३ अर्ब २५ करोड रुपैयाँ नाफा गरेको थियो। 

बैंकले  वितरणयोग्य नाफा भने २ अर्ब २४ करोड रुपैयाँ गरेको छ। बैंकको नाफामा वृद्धि भएपनि निक्षेप तथा कर्जामा भने उल्लेख्य प्रगति गर्न सकेको छैन। निक्षेप १ प्रतिशतले बढाएको छ भने ऋण १.४८ प्रतिशतले बढाएको छ। 

बैंकले २०७८/७९ को अन्त्यसम्म २ खर्ब ८९ अर्ब निक्षेप संकलन गरेको छ भने २ खर्ब ५२ अर्ब ऋण प्रवाह गरेको छ। बैंकको खराब कर्जा भने ०.४९ प्रतिशत रहेको छ। प्रतिसेयर आम्दानी ३९.१३ रुपैयाँ रहेको बैंकको प्रतिसेयर नेटवर्थ २१७.५२ रुपैयाँमा स्थिर रहेको छ। 

एभरेष्ट बैंक 

वाणिज्य बैंकमध्ये सबैभन्दा बढी लाभांश क्षमता रहेको एभरेष्ट बैंकको सेयर मूल्य पुनः बढ्न थालेको छ। समग्र सेयर मूल्य घट्दा पनि एभरेष्ट बैंकको सेयर मूल्य प्रतिकित्ता ११ रुपैयाँले बढेर ५०४ रुपैयाँमा कारोबार भएको छ।

बैंकले ४१.३२ प्रतिशत लाभांश दिने क्षमता राख्नेगरी नाफा बढाएको छ। जुन २६ बैंक मध्ये सबैभन्दा धेरै हो। लाभांश आउने चर्चाले बैंकको सेयर मूल्य बढेको हो। आइतबार एभरेष्ट बैंककै सबैभन्दा धेरै कारोबार भएको छ। बैंकको ८ करोड ४७ लाख रुपैयाँको कारोबारहुँदा १ लाख ७६ हजार कित्ता किनबेच भएको हो।

अघिल्ला बुलमा हट केकको रुपमा रहेको एभरेष्ट बैंक गत वर्षको बुलमा लगानीकर्ताको रोजाइँमा परेन। अहिले त एभरेष्ट बैंकको सेयर मूल्य पाँच वर्षयताकै सस्तो भएको छ। अघिल्लो बुलमा ३८०० रुपैयाँ पुगेको सेयर मूल्य घटेर ४११ रुपैयाँसम्म झरेको थियो। 

अघिल्लो बुलमा प्रतिसेयर ३८०० रुपैयाँसम्म पुगेको बैंकको गतवर्षको बुलमा जम्मा ७३९ रुपैयाँ मात्रै रहेको थियो। एक वर्षको अवधिमा बैंकको सर्वाधिक मूल्य ८११ रुपैयाँ रहेको थियो। 

आर्थिक वर्ष २०७२/७३ मा ७३.६७ प्रतिशतसम्म लाभांश दिएको बैंकले गत आर्थिक वर्षमा १०.५३ प्रतिशतमा टार्‍यो। यसले गर्दा पनि सेयरधनीहरूको आकर्षण देखिएन। गत वर्ष पुनः बैंक लयमा फर्किएको छ। 

गत आर्थिक वर्षमा एभरेष्ट बैंकको खुद नाफा २ अर्ब ५४ करोड ६० लाख रूपैयाँ भन्दा बढी रहेको छ। बैंकको वितरण योग्य नाफा ३ अर्ब ८९ करोड ५४ लाख रूपैयाँभन्दा बढी रहेको छ। त्यस्तै बैंकको लाभांश क्षमता ४१।३२ प्रतिशत रहेको छ। जुन २६ बैंकमध्ये सबैभन्दा धेरै लाभांश क्षमता हो।  

अघिल्लो आवको तुलनामा गत आवको असार मसान्तसम्म आइपुग्दा बैंकको नाफा ४३.७६ प्रतिशतले बढेको छ।अघिल्लो असार मसान्तमा बैंकको नाफा १ अर्ब ७७ करोड ९ लाख ३९ हजार रुपैयाँ रहेको थियो ।

अघिल्लो असार मसान्तको तुलनामा गत असार मसान्तसम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा आएको उल्लेख्य सुधारले नाफा बढाउन सहयोग गरेको देखिएको छ। अघिल्लो असार मसान्तसम्म आइपुग्दा ३ अर्ब ९५ करोड ६३ लाख १९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले गत असार मसान्तमा आइपुग्दा ५ अर्ब ४२ करोड ५९ लाख ७७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।

असार मसान्तसम्म आइपुग्दा बैंकको अधिकांश वित्तीय सूचक निकै राम्रो देखिएको छ। बैंकको जगेडा कोष पनि निकै बलियो देखिएको छ। ९ अर्ब ४६ करोड ७३ लाख ४० हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ९ अर्ब ९ करोड २९ लाख ३६ हजार रुपैयाँ रहेको छ।

१ खर्ब ७२ अर्ब ७३ करोड ९१ लाख ८५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले १ खर्ब ४५ अर्ब ४७ करोड ४० लाख ७० हजार रुपैयाँ कर्जा लगानी गरेको छ। यो अवधिमा बैकको खराब कर्जा भने ०‍‍।१२ प्रतिशतबाट बढेर ०.२४ प्रतिशत पुगेको छ। २७.०१ पैसा प्रतिसेयर आम्दानी रहेको बैंकको प्रतिसेयर नेटवर्थ २४०.७३ पैसा रहेको छ।

नबिल बैंक 

आकर्षक लाभांश आउने चर्चाले नबिल बैंकको सेयरमा उछाल आएको छ। दसैँअघि कारोबारको अन्तिम समयमा आएर बल्ल बढ्न थालेको नबिलको सेयर मूल्य दसैँलगत्तै पुनः लगातार बढीरहेको छ। 

सधैँभरी चर्चामा रहने नबिल बैंकको सेयर मूल्य तिहार अघिको  कारोबारको अन्तिम दिन पनि ११.५० रुपैयाँले बढेर प्रतिकित्ता ८०८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। 

आइतबार ३ करोड ५१ लाख रुपैयाँ बाराबरको ४४ हजार कित्ता कारोबार भएको थियो। दसैँ लगत्तै लाभांश घोषणा हुने अनुमानमा सेयर मूल्य बढेको हो। बैंकले सम्भव ३० देखि ४० प्रतिशतसम्म लाभांश दिने अनुमान गरिएको छ। वित्तीय विवरण सार्वजनिक गर्दा आकर्षक सूचक सार्वजनिक गरेता पनि दोस्रो बजारका सेयर मूल्य भने बढ्न सकेको थिएन। विभिन्न वित्तीय तथा वाणिज्य बैंकहरूले नगद लाभांश मात्रै सार्वजनिक गरिरहेका बेला नबिलको आर्कषक लाभांश आउने चर्चाले सेयर मूल्य बढेको छ। नबिलले नगद र बोनस सेयर आधा आधा दिने सम्भावना रहेको छ। 

नेपाल बंगलादेश बैंकलाई एक्वाएर गरेको नबिल बैंकले वितरणयोग्य कोषमा उल्लेख्य सुधार गरेता पनि सेयर मूल्य भने बढ्न सकेको छैन। कुनै समय १७४० रुपैयाँसम्म पुगेको छ। बैंकको लाभांश वितरण गर्न सक्ने क्षमता ४० प्रतिशत पुगेको छ भने अन्य सूचकमा सुधार गरेको छ। गत वर्ष बैंकले ३३ प्रतिशत लाभांश लगानीकर्तालाई वितरण गरेको थियो। 

बैंकले खुद नाफा र वितरण गर्न मिल्ने सञ्चिति ९ अर्ब १२ करोड रुपैयाँ पुगेको तथ्यांक सार्वजनिक गरेको छ। बैंकको वितरणयोग्य नाफा ३ अर्ब ३७ करोड भए पछि एक्विजिसनपछि वितरण गर्न मिल्ने सञ्चिति बढेको हो। त्यस्तो सञ्चिति ५ अर्ब ७५ करोड छ। बैंकले गत आर्थिक वर्ष २०७८/७९ मा ४ अर्ब ९७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष सोही अवधिमा बैंकले ४ अर्ब ५२ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो।

बैंकको प्रतिसेयर आम्दानी २७.१६ रुपैयाँ रहेको छ। पीई रेसियो ३२.८० गुण रहेको छ। प्रतिसेयर नेटवर्थ २३० रुपैयाँ पुगेको छ। बैंकको चुक्ता पुँजी २२ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ। बैंकले खुद ब्याज आम्दानी ९ अर्ब ५२ करोड रुपैयाँ रहेको छ।

शुल्क वापतको आम्दानी १ अर्ब ८६ करोड रहेको छ। बैंकको वर्षको भरीको जम्मा अपरेटिङ आम्दानी १२ अर्ब १२ करोड रुपैयाँ रहेको छ। गत वर्ष उक्त शीर्षकको आम्दानी ११ अर्ब ९४ करोड रुपैयाँ रहेको थियो। साथै बैंकको सञ्चालन मुनाफा ७ अर्ब १७ करोड पुगेको छ, जुन अघिल्लो आवमा ६ अर्ब ४१ करोड थियो।

बैंकको खराब कर्जा १.५४ प्रतिशतमा रहेको छ। गत वर्ष पनि उक्त कर्जाको अनुपात सोही नै रहेको थियो। निक्षेप ३ खर्ब २६ अर्ब रहेको छ, जुन गत वर्ष २ खर्ब २३ अर्ब रुपैयाँ रहेको थियो।

images

प्रकाशित : ०३:४४
प्रतिक्रिया दिनुहोस