शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

गएको साताभर ओरालो लागेको सेयर बजारमा यो साता देखियो वृद्धि, उचाइतर्फ बढ्ला?

आइतबार, कात्तिक ६ २०७९
गएको साताभर ओरालो लागेको सेयर बजारमा यो साता देखियो वृद्धि, उचाइतर्फ बढ्ला?

काठमाडौं- गएको साताभर ओरालो लागेर निरस देखिएको सेयर बजारमा यो साता सुखद सुरुवात देखिएको छ। गएको साता २६.४९ अंकले घटेको बजारमा कारोबारमा उत्साह देखिन सकेको थिएन। कुनै पनि दिन कारोबार रकम एक अर्ब रुपैयाँसम्म पनि पुग्न सकेको थिएन।

यो साता आइतबार १४.३५ अंकले बढेर बजार १८५८.४९ बिन्दुमा पुगेको छ। ५१ करोड ६८ लाख रुपैयाँको कारोबार भएको बजारमा १३५ कम्पनीको सेयर मूल्य बढेको छ। 

चाडबाड र चुनावी माहोलले छोपिइरहँदा सेयर बजारमा भने त्यसको प्रभाव देखिन सकेको छैन। विश्लेषकहरूका अनुसार अहिलेको अवस्थामा उतारचढावपूर्ण स्थिति रहेकाले वृद्धितर्फ संकेत गरेको छैन। बजार एकै बिन्दु वरपर घुमिरहने देखिएको छ।

चाडबाडको समयमा सेयर बजारमा सुधार हुने अपेक्षा विपरीत बजार निरन्तर उतारचढावपूर्ण यात्रामा रहेको देखिन्छ। प्रतिनिधिसभाको चुनाव पनि नजिकिँदै गर्दा लुकेर रहेको रकम पनि पुनः बैंकमा बढ्ने अनुमानले आगामी दिन बजार सकारात्मक हुनसक्ने आधारहरू तय भएको विश्लेषण भइरहेका छन्। तर त्यसअनुरुप बजार देखिँदैन। 

 


प्रकाशित : आइतबार, कात्तिक ६ २०७९०९:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend