आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

बन्द भएको एक सातापछि प्याराग्लाइडिङ उडान सुरू

images
आइतबार, कात्तिक ६ २०७९
images
बन्द भएको एक सातापछि प्याराग्लाइडिङ उडान सुरू
images
images

काठमाडौं- असोज ३० गतेदेखि बन्द गरिएको प्याराग्लाइडिङ उडान सुरू भएको छ। उडान सुरु गर्नका लागि उच्चस्तरीय छानबिन समितले ५ वटा सुझाव दिएको थियो। पाँचवटै सर्त मान्न नेपाल हवाइ खेलकुद संस्था तयार भएपछि आइतबारबाट उडान खुला गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

images
images
images

कात्तिक २ गते नेपाल नागरिक उड्डयन प्राधिकरणले उच्च स्तरीय छानबीन समिति गठन गरेको थियो। प्राधिकरण उपमहानिर्देशक ह‌ंसराज पाण्डेको नेतृत्वमा ७ सदस्य छानबीन समिति गठन गरेको थियो। समितिले शुक्रबार ५ वटा सुझावसहित महानिर्देशक प्रदीप अधिकारीसमक्ष प्रतिवेदन बुझाएको हो। 

images
images

प्राधिकरणले प्याराग्लाइडिङ सम्बन्धित उडानलाई थप व्यवस्थित गर्दै कसरी सुरक्षित उडान गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गर्न उच्चस्तरीय छानबीन समिति गठन गरिएको थियो।

images
images

नवौँ राष्ट्रिय खेलकुदमा सहभागी एक प्याराग्लाइडिङ खेलाडीको खेलका क्रममा मृत्यु भएपछि प्राधिकरणले देशभर सञ्चालनमा रहेका सबै प्रकार प्याराग्लाइडिङ खेल अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको थियो। खेलको क्रममा त्रिभुवन आर्मी क्लबका २६ वर्षीय निसिम थापाको निधन भएको थियो। 

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत क्रस कन्ट्री प्याराग्लाईडिङ खेल चलिरहेको अवस्थामा ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङ आकाशबाट सारङकोटस्थित जमिनमा खस्दा उनको मृत्यु भएको थियो।

अध्ययन गर्न भन्दै प्राधिकरणले सेवा नै बन्द गर्ने निर्णय गरेको थियो। सारङकोटबाट उडेलगत्तै १०० मिटरमाथिबाट खसेका उनलाई मेट्रोसिटी अस्पताल पठाएकोमा डाक्टरले मृत घोषित गरेका थिए। प्राधिकरणको निर्णयमा व्यवसायीले विरोधसमेत गरेका थिए।

त्यसपछि बनेको छानबिन समितिले प्राधिकरणले व्यावसायिक रुपमा उडान गर्न उपलब्ध  गराएको उडान क्षेत्र भित्र व्यवसायिक उडान बाहेक अन्य उडान गतिविधि नगराउने सुझाव दिएको छ। 


प्रकाशित : आइतबार, कात्तिक ६ २०७९०८:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend