शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

सानिमा बैंकको लाभांश घोषण, नगद र बोनस सेयर कति?

आइतबार, कात्तिक ६ २०७९
सानिमा बैंकको लाभांश घोषण, नगद र बोनस सेयर कति?

बैंकको उक्त  प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ। 

काठमाडौं-सानिमा बैंकले लाभांश घोषणा गरेको छ। बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो। 

जस अनुसार बैंकले हाल कायम चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनको लागि ०.९८ प्रतिशत नगद लाभांश गरि कुल १०.९८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। बैंकको उक्त  प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ। 

हाल बैंकको चुक्ता पुँजी ११ अर्ब ३२ करोड रहेको छ। बैंकले १० प्रतिशतले हुन आउने १ अर्ब १३ करोड २७ लाख बराबरको बोनस सेयर र कर प्रयोजनको लागि ०.९८ प्रतिशतले हुन आउने ११ करोड १० लाख ८ हजार रुपैयाँ बराबरको नगद लाभांश गर्ने प्रस्ताव गरेको हो। बैंकले कुल १ अर्ब २४ करोड ३७ लाख ४६ हजार रुपैयाँ बराबरको लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो।


प्रकाशित : आइतबार, कात्तिक ६ २०७९०५:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend