आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

उच्चस्तरीय छानबिन समितिले भन्यो- प्याराग्लाइडिङ सेवा सञ्चालनमा ५ वटा सर्त  लागु गराउनु

images
शुक्रबार, कात्तिक ४ २०७९
images
उच्चस्तरीय छानबिन समितिले भन्यो- प्याराग्लाइडिङ सेवा सञ्चालनमा ५ वटा सर्त  लागु गराउनु
images
images

काठमाडौं- असोज ३० गतेदेखि बन्द अनिश्चितकालका लागि बन्द गरिएको प्याराग्लाइडिङ सेवा सुरू गर्नका लागि उच्चस्तरीय छानबिन समितले ५ वटा सुझाव दिएको छ।

images
images
images

कात्तिक २ गते नेपाल नागरिक उड्डयन प्राधिकरणले उच्चस्तरीय छानबीन समिति गठन गरेको थियो। प्राधिकरण उपमहानिर्देशक ह‌ंसराज पाण्डेको नेतृत्वमा ७ सदस्य छानबीन समिति गठन गरेको थियो। समितिले शुक्रबार ५ वटा सुझाव सहित महानिर्देशक प्रदीप अधिकारी समक्ष प्रतिवेदन बुझाएको हो। 

images
images

प्राधिकरणले प्याराग्लाइडिङ सम्बन्धित उडानलाई थप व्यवस्थित गर्दै कसरी सुरक्षित उडान गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गर्न उच्चस्तरीय छानबीन समिति गठन गरिएको थियो।

images
images

नवौँ राष्ट्रिय खेलकुदमा सहभागी एक प्याराग्लाइडिङ खेलाडीको खेलका क्रममा मृत्यु भएपछि प्राधिकरणले देशभर सञ्चालनमा रहेका सबै प्रकार प्याराग्लाइडिङ खेल अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको थियो। खेलको क्रममा त्रिभुवन आर्मी क्लबका २६ वर्षीय निसिम थापाको निधन भएको थियो। 

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत क्रस कन्ट्री प्याराग्लाईडिङ खेल चलिरहेको अवस्थामा ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङ आकाशबाट सारङकोटस्थित जमिनमा खस्दा उनको मृत्यु भएको थियो।

अध्ययन गर्न भन्दै प्राधिकरणले सेवा नै बन्द गर्ने निर्णय गरेको थियो। सारङकोटबाट उडेलगत्तै १०० मिटरमाथिबाट खसेका उनलाई मेट्रोसिटी अस्पताल पठाएकोमा डाक्टरले मृत घोषित गरेका थिए। प्राधिकरणको निर्णयमा व्यवसायीले विरोधसमेत गरेका थिए।

त्यसपछि बनेको छानबिन समितिले प्राधिकरणले व्यावसायिक रुपमा उडान गर्न उपलब्ध  गराएको उडान क्षेत्र भित्र व्यवसायिक उडान बाहेक अन्य उडान गतिविधि नगराउने सुझाव दिएको छ। 

यस्ता छन् समितिले दिएको सुझावहरु

१.jpg
 

22.jpg


प्रकाशित : शुक्रबार, कात्तिक ४ २०७९१६:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend