शुक्रबार, वैशाख १४ गते २०८१    
images
images

अर्थतन्त्रसँगै सेयर बजारको संरचनात्मक सुधारले उच्च अंकमा जान सक्छ सेयर बजार, के के हुँदैछ सुधार?

images
images
images
अर्थतन्त्रसँगै सेयर बजारको संरचनात्मक सुधारले उच्च अंकमा जान सक्छ सेयर बजार, के के हुँदैछ सुधार?

यी सबै सकारात्मक सूचकहरुले पुसपछि बैंकहरुको ब्याजदर घट्ने देखिन्छ। यी तथ्यांकहरुले सन् २०२३ को सुरुवात राम्रो हुने अनुमान सेयर विश्लेषकहरुले गरेका छन्। 

images
images

काठमाडौं- चाडबाड र चुनावी माहोलले छोपिइरहँदा सेयर बजारमा भने त्यसको प्रभाव देखिन सकेको छैन। बजारमा गएको साता समग्रमा १६.९१ अंकको सुधार देखिएको थियो। अहिलेको अवस्थाले वृद्धितर्फ संकेत गरेको छैन। बजार एकै बिन्दु वरपर घुमिरहने देखिएको छ।

images
images
images

चाडबाडको समयमा सेयर बजारमा सुधार हुने अपेक्षा विपरीत बजार निरन्तर उतारचढावपूर्ण यात्रामा रहेको देखिन्छ। प्रतिनिधिसभाको चुनाव पनि नजिकिँदै गर्दा लुकेर रहेको रकम पनि पुनः बैंकमा बढ्ने अनुमानले आगामी दिन बजार सकारात्मक हुनसक्ने आधारहरू तय भएको विश्लेषण भइरहेका छन्। तर त्यसअनुरुप बजार देखिँदैन। 

images

गत साता आइतबार ९.६९ अंकले घटेको बजारमा सोमबार पनि झिनो गिरावट देखिएको थियो। सोमबार २.६१ अंकको गिरावटसँगै बजार १८५८.३३ बिन्दुमा झरेको थियो। मंगलबार बन्द रहेको बजारमा बुधबार पुनः १२.८१ अंकको गिरावट देखियो। सातामा कारोबारको अन्तिम दिन बिहीबार झिनो अंकको गिरावट देखिएको छ। बिहीबार १.३८ अंकले घटेर बजार १८४४.१४ बिन्दुमा झरेको छ। बिहीबार ५० करोड ७६ लाख रुपैयाँको मात्र कारोबार भएको छ। 

images

आइतबार ८० करोड ३५ लाख, सोमबार ५१ करोड ५८ लाख, बुधबार ६४ करोड ३६ लाख रुपैयाँको मात्र कारोबार भएको बजारमा लगानीकर्ताको खास उत्साह देखिँदैन। सेयर बजारमा नयाँ संरचनागत सुधारहरु हुदैँ छन्। सम्भवत मंसिरको अन्त्यसम्ममा नयाँ स्टक कम्पनी थपिने छ। नयाँ ब्रोकर कम्पनी आउने पक्का भएको छ। जसका लागि ४५ कम्पनीले आवेदन परिसकेको छ। यता नयाँ लघुबीमा कम्पनी समेत आउँदैछ। 

images
images

नयाँ ब्रोकर कम्पनीमा ११ वटा बैंक आउने पक्कापक्की भएको छ। यता बाणिज्य बैंकहरुमा निक्षेप आउनेक्रम बढेको छ। असोजमा मात्रै ६१ अर्ब भन्दा बढी निक्षेप थपिएको छ। यता रेमिट्यान्स पनि बढ्दो ट्रेण्डमा देखिएको छ। यी सबै सकारात्मक सूचकहरुले पुसपछि बैंकहरुको ब्याजदर घट्ने देखिन्छ। यी तथ्यांकहरुले सन् २०२३ को सुरुवात राम्रो हुने अनुमान सेयर विश्लेषकहरुले गरेका छन्। 

ब्रोकरमा बैंक थपिदाँ उभार

नयाँ ब्रोकर लाइसेन्सका लागि ४५ आवेदनमध्ये ११ वटा बैंकले ब्रोकरका लागि आवेदन दिएका छन्। योसँगै १५ वर्षदेखि बैंकहरूले सुरु गर्न लागेको ब्रोकरको काम गर्न पाउने भएका छन्।  नयाँ ब्रोकर लाइसेन्सका लागि ४५ कम्पनीको आवेदन परेको छ। ३० दिनको समयमा ४५ कम्पनीले आवेदन दिएका हुन्। 

नेपाल धितोपत्र बोर्डले असोज २ गतेदेखि आवेदन माग गरेको थियो। जसमा आवेदन दिने आज असोज ३१ गतेसम्म समय तोकिएको थियो। बोर्डले ब्रोकर लाइसेन्स, नयाँ स्टक एक्सचेन्ज र वस्तु विनिमय बजारका लागि आवेदन खुला गरेको थियो। बोर्डले धितोपत्र दलाल सेवा कम्पनीको चुक्ता पुँजी १५ करोड पुर्‍याएको छ। यस्तै, पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवाको ५० करोड र धितोपत्र व्यापारीका लागि एक अर्ब रुपैयाँ पुर्‍याएको छ। 

आवेदन परिसकेपछि बोर्डले रीतपूर्वक आवेदन परे-नपरेको जाँचबुझ गरी नियमावलीअनुसार म्याद सकिएको मितिले ३५ दिनभित्र योग्य कम्पनीको छनोट गरी निर्णय लिनेछ। ब्रोकर लाइसेन्ससँगै सूचना आह्वान भएको नयाँ स्टक एक्सचेन्ज र वस्तु विनिमय बजारमा भने हालसम्म पनि कुनै पनि आवेदन परेको छैन। दुवैमा आवेदन दिन बोर्डले ४५ दिनको समय छुट्याएको छ। यी दुवैको आवेदन दिने समय कात्तिक १५ सम्म रहेको छ। बोर्डले वस्तु विनिमय बजार सञ्चालन गर्नका लागि दुईवटा लाइसेन्स वितरण गर्ने भएको छ। 

नेपाल धितोपत्र बोर्डले एकैपटक स्टक एक्सचेञ्ज, कमोडिटी एक्सचेञ्ज र धितोपत्र दलाल लाइसेन्स खुलाएको थियो। सरकारले विनियमावली पारित गरेसँगै आवेदन माग गरिएको थियो। यसैगरी बोर्डले सेयर बोक्रर कम्पनी पनि थप्ने गरी आवेदन मागेको थियो। यसका लागि आवेदन दिन ३० दिनको समय दिइएको छ।

डिलर सहितको ब्रोकर कम्पनीको लाइसेन्स माग्ने नबिल बैंक एक्लो आवेदनकर्ता बनेको छ। नबिल बैंकको एक अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी भएको सहायक कम्पनी नबिल सेक्युटिजले आवेदन गरेसँगै नबिल डिलर सहितको लाइसेन्सकोलागि आवेदन दिएको छ। 

यसै गरी ६० करोड रुपैयाँ पुँजी सहितको ब्रोकर कम्पनीको लागि आवेदन गर्ने कम्पनी तीनवटा भएका छन्। मेगा स्टक मार्केट,सेन्चुरी बैंक र हिमालयन ब्रोकरेजले ६० करोड चुक्ता पुँजीको ब्रोकर कम्पनीको लागि आवेदन दिएको नेप्सेले जनाएको छ। बाँकी सबैले २० करोड रुपैयाँ चुक्ता पुँजी रहने कमिसन ब्रोकरको लागि आवेदन दिएका छन्।

निक्षेपमा सुधार

वाणिज्य बैंकहरुमा असोज महिनामा ६१ अर्ब ६४ करोड रुपैयाँ निक्षेप थपिएको छ। बैंकहरुमा असोज महिनामा ४५ खर्ब ४७ अर्ब ५१ करोड निक्षेप पुगेको छ।

भदौ महिनामा ४४ खर्ब ८५ अर्ब रुपैयाँ रहेको थियो। असोजमा भदौको भन्दा ५.७१ प्रतिशतले बढेको हो। असारमा भन्दा पनि असोजमा निक्षेप बढी देखिएको छ। असार महिनाको अन्तिम दिनसम्म ४५ खर्ब ४१ अर्ब ४४ करोड रुपैयाँ निक्षेप रहेकोमा असोज मसान्तमा असारको भन्दा ६ अर्ब रुपैयाँ बढी हो। सबैभन्दा धेरै निक्षेप नबिल बैंकको रहेको छ। 

नबिलको ३ खर्ब ३९ अर्ब ३३ करोड रुपैयाँ रहेको छ। भने एनआईसी एसिया बैंक दोस्रोमा रहेको छ। एनआईसी एसिया बैंक ३ खर्ब ८ अर्ब १८ करोड रुपैयाँ हुँदा तेस्रोमा ग्लोबल आईएमई बैंकको २ खर्ब ८९ अर्ब २४ करोड रुपैयाँ रहेको छ। 

यता ऋणप्रवाह पनि असोज महिनामा ३० अर्ब ४ करोड रुपैयाँ प्रवाह भएको छ। जुन वृद्धिदर ४५.४८ प्रतिशतले बढी हो। भदौ मसान्तसम्म ४१ खर्ब ९० करोड २८ करोड रुपैयाँ रहेको थियो। भने असोजमा ४२ खर्ब २० अर्ब ३२ करोड रुपैयाँ ऋण प्रवाह पुगेको छ। सबैभन्दा बढी नबिल बैकले ३ खर्ब १४ अर्ब ३९ करोड रुपैयाँ ऋणप्रवाह पुगेको छ। 

विदेशी मुद्रा सञ्चितिमा सुधार, रेमिट्यान्समा वृद्धि

चालु आर्थिक वर्षको दोस्रो महिनामामा पनि विदेशी मुद्राको सञ्चिति घटेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु वर्षको दुई महिनासम्म पुग्दा कूल विदेशी मुद्राको सञ्चिति ९ अर्ब ३५ करोड अमेरिकी डलरमा सीमित भएको छ। यो साउनको तुलनामा ७ करोड न्यून हो। 

गएको बैशाखदेखि आयात प्रतिबन्ध लगाएको सरकारले डलर सञ्चिति जोगाउन सफल भएको छैन। आयात घटेर रेमिट्यान्स वृद्धि हुँदासमेत विदेशी मुद्राको सञ्चिति घट्नेक्रम अझै रोकिएको छैन। अहिलेको विदेशी मुद्राले ७.७ महिनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त हुन्छ। गएको दुई महिनाको आयातको अनुपातमै आयात भएमा आगामी ७.७ महिनासम्म आयात धान्नका लागि अहिलेको डलर पर्याप्त हुन्छ। आयात घट्दै जाँदा पर्याप्तता महिना पनि बढ्दै जान्छ। 

चालु वर्षको दुई महिनामा अन्तर्राष्ट्रिय व्यापार घटेको छ। आयात तथा निर्यात र व्यापार घटा घटेको छ। तर यही अवधिमा रेमिट्यान्स भने बढेको छ। राष्ट्र बैंकका अनुसार चालु वर्षको दुई महिनामा १ खर्ब ८७ अर्ब ४ करोड रेमिट्यान्स भित्रिएको छ।   गत वर्षको २ महिनामा रेमिट्यान्स ५ प्रतिशतले घटेको थियो। गत वर्ष घटेको कमजोर आधार तथा पछिललो समय वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा  बृद्धि भएकाले रेमिट्यान्स बढेको राष्ट्र बैंकको विश्लेषण छ। 

दुई महिनामा चालु खाता घाटा ३७ अर्ब १८ करोड पुगेको छ। अघिल्लो वर्षको तुलनामा चालु खाता घाटामा सुधार देखिएको छ। गत वर्ष चालु खाता घाटा १ खर्ब ६ अर्ब पुगेको थियो। चालु खातासँगै शोधनान्तरमा गत वर्षको तुलनामा सुधार भएको छ। गत वर्षको २ महिनामा ९४ अर्बले घाटामा गएको शोधनान्तर यो वर्ष २३ अर्बमा सीमित भएको छ। 

भदौमा मूल्यवृद्धि ८.६४ प्रतिशत वर्षको छ। वार्षिक बिन्दुगत आधारमा भदौको मूल्यवृद्धि निरन्तर उकालो लागिरहेको छ। समग्रमा रेमिट्यान्समा वृद्धि तथा आयातमा कमी आएकाले अर्थतन्त्रको बाह्य क्षेत्र सुधारोन्मुख रहेको राष्ट्र बैंकको विश्लेषण छ। 

सेयर बजारमा यो साता कारोबार निरस देखिएको छ। गएको साता सामान्य वृद्धि देखिएको बजारमा यो साता कारोबार भएको चार दिन नै ओरालो देखियो। कुनै पनि दिन कारोबार रकम एक अर्ब रुपैयाँसम्म पनि पुग्न सकेन। 

 

images

प्रकाशित : शनिबार, कात्तिक ५ २०७९०५:२१

प्रतिक्रिया दिनुहोस