शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

असोज महिनामा निक्षेप ६१ अर्ब ६४ करोड थपियो, ऋण प्रवाह पनि बढ्यो (कुन बैंकको कति निक्षेप)

शुक्रबार, कात्तिक ४ २०७९
असोज महिनामा निक्षेप ६१ अर्ब ६४ करोड थपियो, ऋण प्रवाह पनि बढ्यो (कुन बैंकको कति निक्षेप)

असार महिनाको अन्तिम दिनसम्म ४५ खर्ब ४१ अर्ब ४४ करोड रुपैयाँ निक्षेप रहेकोमा असोज मसान्तमा असारको भन्दा ६ अर्ब रुपैयाँ बढी हो।

काठमाडौं- वाणिज्य बैंकहरुमा असोज महिनामा ६१ अर्ब ६४ करोड रुपैयाँ निक्षेप थपिएको छ। बैंकहरुमा असोज महिनामा ४५ खर्ब ४७ अर्ब ५१ करोड निक्षेप पुगेको छ।

भदौ महिनामा ४४ खर्ब ८५ अर्ब रुपैयाँ रहेको थियो। असोजमा भदौको भन्दा ५.७१ प्रतिशतले बढेको हो। असारमा भन्दा पनि असोजमा निक्षेप बढी देखिएको छ।

असार महिनाको अन्तिम दिनसम्म ४५ खर्ब ४१ अर्ब ४४ करोड रुपैयाँ निक्षेप रहेकोमा असोज मसान्तमा असारको भन्दा ६ अर्ब रुपैयाँ बढी हो। सबैभन्दा धेरै निक्षेप नबिल बैंकको रहेको छ। 

नबिलको ३ खर्ब ३९ अर्ब ३३ करोड रुपैयाँ रहेको छ भने एनआईसी एसिया बैंक दोस्रोमा रहेको छ। एनआईसी एसिया बैंक ३ खर्ब ८ अर्ब १८ करोड रुपैयाँ हुँदा तेस्रोमा ग्लोबल आईएमई बैंकको २ खर्ब ८९ अर्ब २४ करोड रुपैयाँ रहेको छ। 

यता ऋणप्रवाह पनि असोज महिनामा ३० अर्ब ४ करोड रुपैयाँ प्रवाह भएको छ। जुन वृद्धिदर ४५.४८ प्रतिशतले बढी हो। भदौ मसान्तसम्म ४१ खर्ब ९० करोड २८ करोड रुपैयाँ रहेको थियो भने असोजमा ४२ खर्ब २० अर्ब ३२ करोड रुपैयाँ ऋण प्रवाह पुगेको छ। सबैभन्दा बढी नबिल बैकले ३ खर्ब १४ अर्ब ३९ करोड रुपैयाँ ऋणप्रवाह पुगेको छ। 


प्रकाशित : शुक्रबार, कात्तिक ४ २०७९०७:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend