शुक्रबार, वैशाख ७ गते २०८१    
images
images

असोज महिनामा निक्षेप ६१ अर्ब ६४ करोड थपियो, ऋण प्रवाह पनि बढ्यो (कुन बैंकको कति निक्षेप)

images
images
असोज महिनामा निक्षेप ६१ अर्ब ६४ करोड थपियो, ऋण प्रवाह पनि बढ्यो (कुन बैंकको कति निक्षेप)

असार महिनाको अन्तिम दिनसम्म ४५ खर्ब ४१ अर्ब ४४ करोड रुपैयाँ निक्षेप रहेकोमा असोज मसान्तमा असारको भन्दा ६ अर्ब रुपैयाँ बढी हो।

images
images

काठमाडौं- वाणिज्य बैंकहरुमा असोज महिनामा ६१ अर्ब ६४ करोड रुपैयाँ निक्षेप थपिएको छ। बैंकहरुमा असोज महिनामा ४५ खर्ब ४७ अर्ब ५१ करोड निक्षेप पुगेको छ।

images
images
images

भदौ महिनामा ४४ खर्ब ८५ अर्ब रुपैयाँ रहेको थियो। असोजमा भदौको भन्दा ५.७१ प्रतिशतले बढेको हो। असारमा भन्दा पनि असोजमा निक्षेप बढी देखिएको छ।

images

असार महिनाको अन्तिम दिनसम्म ४५ खर्ब ४१ अर्ब ४४ करोड रुपैयाँ निक्षेप रहेकोमा असोज मसान्तमा असारको भन्दा ६ अर्ब रुपैयाँ बढी हो। सबैभन्दा धेरै निक्षेप नबिल बैंकको रहेको छ। 

images

images
images

नबिलको ३ खर्ब ३९ अर्ब ३३ करोड रुपैयाँ रहेको छ भने एनआईसी एसिया बैंक दोस्रोमा रहेको छ। एनआईसी एसिया बैंक ३ खर्ब ८ अर्ब १८ करोड रुपैयाँ हुँदा तेस्रोमा ग्लोबल आईएमई बैंकको २ खर्ब ८९ अर्ब २४ करोड रुपैयाँ रहेको छ। 

यता ऋणप्रवाह पनि असोज महिनामा ३० अर्ब ४ करोड रुपैयाँ प्रवाह भएको छ। जुन वृद्धिदर ४५.४८ प्रतिशतले बढी हो। भदौ मसान्तसम्म ४१ खर्ब ९० करोड २८ करोड रुपैयाँ रहेको थियो भने असोजमा ४२ खर्ब २० अर्ब ३२ करोड रुपैयाँ ऋण प्रवाह पुगेको छ। सबैभन्दा बढी नबिल बैकले ३ खर्ब १४ अर्ब ३९ करोड रुपैयाँ ऋणप्रवाह पुगेको छ। 

images

प्रकाशित : शुक्रबार, कात्तिक ४ २०७९०७:०६

प्रतिक्रिया दिनुहोस