आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

चामलको नयाँ गुणस्तर मापदण्ड जारी : कुन पौष्टिक तत्वको मात्रा कति हुनुपर्ने (विवरणसहित)

images
सोमबार, साउन १ २०८०
images
चामलको नयाँ गुणस्तर मापदण्ड जारी : कुन पौष्टिक तत्वको मात्रा कति हुनुपर्ने (विवरणसहित)

चामल अस्वाभाविक गन्ध एवं अस्वभाविक स्वादरहित हुनुको साथै ढुसी र किरा नलागेको हुनपर्ने मापदण्डमा उल्लेख छ। चामलमा कुनै पनि बाह्य रंग प्रयोग गर्न पाइने छैन। 

images
images

काठमाडौं- सरकारले चामलको गुणस्तर मापदण्ड जारी गरेको छ। कृषि तथा पशुपन्छी मन्त्रालयले नेपाल राजपत्रमा चामलको गुणस्तरसम्बन्धी सूचना प्रकाशित गरेको छ। 

images
images
images

खाद्य ऐन, २०२३ को दफा ७ ले दिएको अधिकार प्रयोग गरी खाद्यवस्तुको गुणस्तर निर्धारणसम्बन्धी मापदण्डको आधारमा पूरक बाल आहाराको संकेत ०७.२८ पछि ०७.२९ थपी चामलको गुणस्तरसम्बन्धी मापदण्ड जारी गरेको हो।

images
images

गुणस्तर मानव उपभोगको लागि उत्पादन तथा प्याकेजिङ गरिएको पौष्टिक तत्व स्तरोन्नति गरिएको चामलको सम्बन्धका लागु हुने राजपत्रमा जारी गरेको सूचनामा उल्लेख छ।

images
images

चामल अस्वाभाविक गन्ध एवं अस्वभाविक स्वादरहित हुनुको साथै ढुसी र किरा नलागेको हुनपर्ने मापदण्डमा उल्लेख छ। चामलमा कुनै पनि बाह्य रंग प्रयोग गर्न नपाइने भएको छ। 

चामलमा हुने पर्ने पोष्टिक तत्वको मात्रा

एक किलो चामलमा आइरनको मात्रा ३९ देखि ७२ मिलि, जिंक ३२ देखि ५९ मिलिग्राम, भिटामिन ए ०.८९ देखि २.२१, फोलिक एसिड ०.२४ देखि ०.५९ र भिटामिन बी-१२ भने ०.००७ देखि ०.०२० मिलिग्राम हुने पर्ने छ।

तर पौष्टिक तत्व स्तरोन्नि गर्दा आइरनको स्रोतको लागि फेरिक पाइरोफोस्फेट, जिंक स्रोतका लागि जिंक अक्साइड, भिटामिन ए को स्रोतको लागि रेटिनाइल पाल्मिटेट  वा रेटिनाइल एसिटेट, फोलिक एसिड, भिटामिन बि-१२ को स्रोतको लागि साइनोकोबलामाइन जस्ता स्वरुपका यौगिकहरु थप गर्न सकिने सूचनामा उल्लखे छ।

सूचनामा नै स्तरोन्नति गरिएको चामलमा माथि उल्लेखित पौष्टिक तत्व बाहेका देहायका पौष्टिक तत्व थप गर्न सकिने उल्लेख छ। 

प्रतिकिलो सुक्खा तौलमा थायमिन २.३ देखि ५.६, नियासिन २०.५ देखि ५०.७, पाइरीडक्सिन १.९ देखि ४.८ मिलिग्रामसम्म थप पर्न पाइने सूचनामा उल्लेख छ।


प्रकाशित : सोमबार, साउन १ २०८०१२:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend