बिहीबार , चैत १५ गते २०८०    
images
images

वित्तीय संकटमा सिमेन्ट उद्योग, उत्पादनमा ७० प्रतिशतसम्म गिरावट

कर्जाको पुनर्तालिकीकरण सुविधा नदिने हो भने बैंकिङ प्रणालीमै समस्या निम्तिन्छ : व्यवसायी

images
images
वित्तीय संकटमा सिमेन्ट उद्योग, उत्पादनमा ७० प्रतिशतसम्म गिरावट
images
images

काठमाडौं- बजार माग घटेसँगै सिमेन्टको उत्पादनमा ७० प्रतिशतसम्म गिरावट आएको छ। उत्पादन र बजार माग घट्दा सिमेन्ट उद्योग वित्तीय संकटउन्मुख छन्।

images
images
images

एक सिमेन्ट उद्योगीका अनुसार पछिल्ला दिनहरूमा क्लिङकर उत्पादनमा ७० प्रतिशतसम्म गिरवाट आएको छ। उत्पादनमा गिरावटसँगै कुनै पनि सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन्।

images

'बजारमा सिमेन्टको माग नै घटेको छ। सिमेन्टको माग घटेसँगै  क्लिङकर उत्पादनमा गिरावट आएको हो,' एक उद्योगीले भने, 'सिमेन्टको व्यापार घटे पनि उद्योगको खर्च नियमित रहँदा आर्थिक रुपमा संकट उत्पन्न हुने अवस्था आएको छ।'

images
images

नेपालमा अहिले ५ दर्जनको हाराहारीमा सिमेन्ट उद्योग सञ्चालनमा रहेका छन्। तर बजार माग घटेसँगै एकाध उद्योग महिनामा १५ देखि २० दिन मात्रै सञ्चालनमा छन्। अधिकांश उद्योगको उत्पादन नै बन्द भइसकेका छन्। आफै क्लिङकर पनि उत्पादन गर्ने र ग्रान्डिङ गरेर सिमेन्ट उत्पादन गर्ने उद्योग ३० प्रतिशतको क्षमतामा सञ्चालन भएपनि ग्रान्डिङ मात्रै गर्ने सिमेन्ट उद्योग अहिले बन्द भइरहेको एक उद्योगीले बताए।

नेपाली उद्योगबाट दैनिक ३७ हजारदेखि ४० हजार मेट्रिक टन क्लिङकर उत्पादनको क्षमता भएपनि अहिले मुस्किलले दैनिक १३ हजार मेट्रिक टन मात्रै क्लिङकर उत्पादन भइरहको छ।

उत्पादन भएका क्लिङकर पनि केही त उद्योगमा स्टक रहेको एक व्यवसायीले बताए। क्लिङकर उत्पादनमा गिरावाट आउनु भनेको सिमेन्टको उत्पादनमा कमी आउनु हो। तर उद्योगको लागत खर्च भने नघटेको एक व्यवसायीले बताए। सिमेन्ट उद्योगबाट सिमेन्ट नै उत्पादन नभएको अवस्थामा पनि ३५ प्रतिशत लागत खर्च भइरहने व्यवसायीहरूको भनाइ छ।

सिमेन्ट उत्पादन संघका अध्यक्ष ध्रुब थापाले सिमेन्टको माग अस्वभाविक रुपले घट्दा उत्पादन उद्योगहरूमा आर्थिक संकटको अवस्था आएको बताए। 'बजारमा सिमेन्टको माग नै घटेको छ। माग घटेपछि उत्पादन पनि स्वत: घटेको छ,' थापाले भने, 'तर सिमेन्ट उद्योगको दैनिक हुने लागत खर्च यथावत रहँदा उद्योगीहरूलाई आर्थिक समस्या आएको हो।'

सिमेन्ट उद्योगमा अहिले पनि कर्मचारीको तलब, बैंकको ऋणको किस्ता तथा ब्याज र डिप्रिसेसन वापतको लागत भने निरन्तर रहँदा समस्या परेको व्यवसायीहरूको भनाइ छ।

अहिले सिमेन्टलगायत निर्माणजन्य सामग्री उत्पादन उद्योग नै समस्यामा परेका छन्। अहिले स्टिल उद्योहरू पनि आर्थिक संकटउन्मुख रहेका छन्।

व्यवसायी नै आर्थिक संकटउन्मुख रहेको अवस्थामा व्यवासायीलाई अर्को तनाव सुरु भएको छ। एक व्यवसायीका अनुसार निर्वाचन नजिकिँदै जाँदा चन्दाको भय बढेको छ।

एक त व्यवसायीलाई असोज मसान्तसम्ममा कसरी बैंक लोनको किस्ता तिर्ने तनाब भएको छ भने अर्कोतर्फ चन्दाको तनाव सुरु भएको ती व्यवसायीको गुनासो छ।

के कारण घट्यो सिमेन्टको माग?

कोरोना महामारीपछिको प्रभाव न्यून हुनेवित्तिकै उठ्न खोजेको अर्थतन्त्रमा क्षेत्रगत शिथिलता गएको वर्षदेखि नै सुरु भएको थियो। सुरुदेखि नै प्रभावित हुने क्षेत्र हो- निर्माण तथा घरजग्गा। भुक्तानी सन्तुलनमा दबाब पर्नेवित्तिकै नेपाल राष्ट्र बैंकले गत वर्षदेखि कर्जा नीतिमा कडाइ गर्दै आएको छ।

यसको पहिलो मार घरजग्गा कारोबारमा पर्‍यो। घर जग्गाको कारोबार मात्र होइन नयाँ निर्माण पनि प्रभावित भयो। यही कारणले समग्र रियलस्टेट क्षेत्रमा सुरुदेखि नै मन्दी अर्थात् वृद्धिदर ऋणात्मक भएको थियो। यसको प्रभाव उद्योगमा पनि पर्‍यो। उद्योगी व्यवसायीहरूमाझ गरिएको एउटा सर्वेक्षणअनुसार निर्माणसँग सम्बन्धित अधिकांश उद्योगको माग गत वर्षकोभन्दा धेरै घटेको छ। 

गत वर्षको तुलनामा सिमेन्टको माग ७० प्रतिशतसम्म घटेको छ। व्यवसायीहरूका अनुसार गत वर्षको दोस्रो त्रैमासदेखि नै घट्न सुरु गरेको थियो। जुन यो वर्ष आएर उच्च बिन्दुमा पुगेको छ। 

नयाँ घरको निर्माण, विस्तार सबै रोकिँदा निर्माणसँग सम्बन्धित सबै उद्योगमा नकारात्मक प्रभाव देखिएको छ। निर्माणसँगै सम्बन्धित इन्जिनियरिङ उद्योगको माग पनि घटेको छ।

प्रमुख कारण गत वर्षदेखि नै ऋण विस्तार प्रभावित भयो। यही कारणले नयाँ गतिविधि लगभग ठप्पै भए र यसबाट निजी विकास निर्माण प्रभावित भयो। योसँगै सरकारी तथा सार्वजनिक विकास निर्माणले पनि गति लिएन। जुन समस्या आज पनि निरन्तर नै छ।

सार्वजनिक विकास निर्माणको काम पनि लगभग पछिल्लो ८/९ महिनादेखि ठप्प छ। विकास निर्माण हुने समयमै भएन। यसको प्रभाव निर्माण उद्योगमा परिहाल्यो। त्यही कारणले गर्दा समग्र उद्योगको उत्पादकत्व टीठलाग्दो अवस्थामा पुगेको हो।

बैंकहरू ऋण दिनै नसक्ने र दिए पनि महँगो ब्याजमा मात्र दिने भएपछि व्यक्तिगत तथा संस्थागत निर्माणको काम पनि प्रभावित एक व्यवसायीको भनाई छ। गत वर्ष नै निर्माण उद्योग ३५ प्रतिशतले घटेको र यो ऋणात्मक यात्रा अझै जारी रहने व्यवसायीहरूको भनाइ छ।

निर्माण क्षेत्रको संकुचन हुँदै जाँदा अर्थतन्त्रका अन्य क्षेत्रमा चक्रीय प्रभाव पार्दै जाने विज्ञहरूको भनाइ छ। निर्माण क्षेत्रको संकुचन अर्थतन्त्रका लागि सबैभन्दा हानिकारक हुने अर्थशास्त्रीहरू बताउँछन्। 

निर्माणजन्य उद्योगमा देखिएको समस्याका कारण दैनिक ज्यालादारीमा काम गरिरहेका निर्माण क्षेत्रमा मजदूरको रोजीरोटीसमेत गुम्न थालेको छ। नेपालमै रोजगारीको अवसर नपाएपछि मजदूरहरूले वैदेशिक रोजगारीलाई रोज्न थालेका छन्।

उद्योगी भन्छन् - कर्जाको पुनर्तालिकीकरण गरी अवसर दिनुपर्छ

देश नै चरम आर्थिक संकटमा छ। जसरी कोरोनाकालमा पर्यटन क्षेत्रमा सबैभन्दा बढी प्रभाव पर्‍यो, अहिले अर्थतन्त्रमा आएको मन्दीको असर सबैभन्दा बढी निर्माण क्षेत्रमा देखिएको छ। जब रियलस्टेट क्षेत्रमा जारी हुने कर्जामा कडाइ गरियो तब निर्माण क्षेत्रमा असर परेको उद्योगीहरू बताउँछन्।

विश्वका अन्य देशमा अर्थतन्त्रमा समस्या आउँदा रियलस्टेट क्षेत्रमा सहज र सहुलियत दरमा कर्जा प्रभाव गरिने नीति लिइन्छ। तर नेपालमा त उल्टो भएको छ। जसका कारण व्यक्तिगत आवास निर्माणको काम नै ठप्प भएको छ भने सरकारी तवरबाट हुने विकास निमार्ण पनि ठप्प जस्तै छ।

समस्या अन्य क्षेत्रमा पनि छ। तर निर्माणको क्षेत्रमा बढी समस्या देखिएको व्यवसायीको भनाइ छ। उद्योगलाई परेको समस्या देशकै समस्या हो भनेर समयमै समाधनको बाटो नखोज्ने हो भने सम्रग वित्तीय प्रणालीमै असर गर्ने व्यवसायीहरू बताउँछन्। 

'कतिपय व्यवसायीले जसोतसो असोजमा वित्तीय संस्थालाई भुक्तानी गर्नुपर्ने रकम भुक्तानी गर्लान्। तर अधिकांशले असोजकै रकम भुक्तानी गर्न सक्ने अवस्था छैन,' एक उद्योगीले भने, 'कर्जाको पुनर्तालिकीकरण सुविधा नदिने हो भने पुसमा प्राय सबै सिमेन्ट उद्योगीले बैंक तथा वित्तीय संस्थालाई रकम भुक्तानी गर्ने सक्दैनन्।'

बैंक तथा वित्तीय संस्थाको कारोबार पनि असन्तुलित हुने र व्यवसायीको सम्पत्ति लिलामी सूचना प्रकाशित गर्नुभन्दा अन्य विकल्प सोच्नुपर्ने ती व्यवसायीको भनाइ छ।

सिमेन्ट उद्योगमा मात्रै १ खर्ब रुपैयाँभन्दा बढी बैंक तथा वित्तीय संस्थाको लगानी छ। यो रकम कुल बैंक तथा वित्तीय संस्थाको ऋण लगानीको २ प्रतिशतको हाराहारीमा हो। यो क्षेत्र वित्तीय संकटमा गएको अवस्थामा सम्रग अर्थतन्त्रमै समस्या आउने छ।

images

प्रकाशित : बुधबार, असोज २६ २०७९०७:४६

प्रतिक्रिया दिनुहोस
images
ट्रेन्डिङ