बिहीबार , मंसिर १३ गते २०८१    
images
images

पहिले मोटरसाइकल बेचेर घाँस खेतीमा लगानी, अहिले ५० लाखका मालिक

images
शुक्रबार, असोज २१ २०७९
images
images
पहिले मोटरसाइकल बेचेर घाँस खेतीमा लगानी, अहिले ५० लाखका मालिक

ल्मीको इस्मा गाउँपालिका–३ गहतेका नेपालीले ग्यालेक्सी कृषि तथा पशुपक्षी फर्म दर्ता गरेर कर्म गरिरहेका छन्। उनको मुख्य धारणा ‘सम्भावना खाडीमा होइन, झाडीमा भेटिन्छ’ भन्ने रहेको छ

images
images

रेसुङ्गा (असोज, २१) -पछिल्लो समय वैदेशिक मोह झनै बढिरहेको छ। २२/२३ वर्ष टेक्दै गरेका युवायुवती विदेश जानेबाहेकको सपना देख्दैनन्। नेपालमा सम्भावना नभएको भन्दै युरोपेली र खाडी मुलुकमा जाने युवायुवतीको लर्को लागिरहेको छ। नेपालमै केही गर्नुपर्दछ भन्ने सोच अपवाद मात्र भेटिन्छ। त्यही एउटा अपवादको पात्र बन्नुभएको छ, गुल्मीका २३ वर्षीय गोकर्ण नेपाली। 

images
images
images

गुल्मीको इस्मा गाउँपालिका–३ गहतेका नेपालीले ग्यालेक्सी कृषि तथा पशुपक्षी फर्म दर्ता गरेर कर्म गरिरहेका छन्। उनको मुख्य धारणा ‘सम्भावना खाडीमा होइन, झाडीमा भेटिन्छ’ भन्ने रहेको छ। मुख्य गरेर घाँस खेती गरेका नेपालीले झाडीमा मेहनत गरेर अर्थोपार्जन गर्ने बताउछन। उनले खाडी मुलुकमा जानुको सट्टा झाडीमा मेहनत गर्न सुझाउछन। 

images

उनले साउन २०७६ देखि ८० हजार रुपैयाँमा घाँस खेती सुरु गरेर त्यसलाई  अहिले ५० लाख रुपैयाँभन्दा बढी पु¥याएका छन्। उनले गत जेठदेखि  भदौसम्ममा १९ लाख रुपैयाँको घाँसको बिरुवाहरू बिक्री गरेको छ। उनीसँग गुल्मीका स्थानीय तहसँगै छिमेकी जिल्ला पाल्पा, अर्घाखाँची, प्यूठान र बाग्लुङका कृषकहरुले बिरुवाहरू खरिद गरेका छन्। 

images

उनीसँग अहिले रु ३१ लाख बराबरका इपिल–इपिल, राइखन्यु र नेपियरलगायत ४४ प्रकारका घाँसहरू छन्। उनले कूल एक सय २० रोपनी जग्गामा घाँस खेती गर्नुभएको छ । सो जग्गामध्ये ८० रोपनी गोकर्ण आफ्नै हो भने बाँकी ४० रोपनी लिजमा लिएका छन। बिहानदेखि साँझसम्मको समय खेतबारीमा व्यतीत गर्ने गोकर्णले घाँसखेतीसँगै बाख्रापालनसमेत गरेका छन्। उनले घाँस बिक्री नभएको समस्यालाई दीर्घकालीन समाधानको उपाय बाख्रापालनलाई रोजेको बताउनुभयो । नेपालीको आधुनिक खोर निर्माण गरी त्यसमा ३६ वटा बाख्रा राखेका छन्। भौतिक संरचना र माउ बाख्रा खरिदसँगै कूल छ लाख रुपैयाँ लगानी गर्नुभएका गोकर्णले आम्दानीको सुरुआती चरणमा रहेको बताउँछन्। 

रोजगारी सिर्जना

गोकर्णले सुरु गरेको घाँस खेती र बाख्रापालनबाट रोजगारीसमेत सिर्जना भएको छ। आफसँगै दिनभर अर्का एक र मौसमी रुपमा १०÷१२ गरी औसतमा दैनिक आठजनाले फर्ममा रोजगारी पाएका छन् ।

यीबाहेक आमा विष्णु नेपाली, भाइ करण र बहिनी गोमा पनि गोकर्णलाई हरेक क्षण सहयोग गरर्दछन। ‘‘कृषि र पशुपालनमा व्यवस्थित लगानी गरेमा रोजगारी सिर्जना हुन्छ’, गोकर्णले भने। उनले आफ्नो फर्ममा कामदार अभाव हुने गरेको गुनासो व्यक्त गरे। स्थानीयले आफ्नै गाउँमा काम गर्न हिच्किचाअट मान्ने गरेको अनुभव गोकर्णसँग छ । राम्रै तलब सुविधामा पनि कामदार नपाएको समस्या उनले झेलिरहेका छन्। 

गोकर्णले आफू घाँस खेतीमा पशुपालनबाटै प्रेरित भएको बताउँछन्। पशुपालन धेरै ठाउँमा गरिरहेको देख्नुभएका उनले पशुको आहार व्यवस्थापन सहरबाट भइरहेको देखेका छन्। आहारको व्यवस्थापन आफैँले गर्न सकेमा आम्दानीको स्रोत बढ्नेमा उनको बुझाइ रह्यो। त्यसपछि आफू घाँस खेतीमा प्रेरित भएको उनले बताए। 

अझै पनि घाँस खेतीमा कमी भएकाले अरूले यो व्यवसाय सुरुआत गरेमा पनि निकै फाइदा पुग्ने उहाँको धारणा छ। आफू घाँस खेती र बाख्रापालनबाट निकै सन्तुष्ट रहेको भन्दै गोकर्णले पशुपालन व्यवसाय बढिरहेसम्म लगानी नडुब्ने बताउँछन। आफ्नो बुबा चिन्ताबहादुरलाई ४० वर्षको अल्पायुमा गुमाउनु भएका गोकर्ण पेसाप्रति विचलित नभई अडिग रहनुभयो । उहाँ हरेक परिस्थितिसँग जुधेर अगाडि बढ्नुपर्ने बाध्यता सबैमा हुने सुझाउँछन्।

मोटरसाइकल बेचेर लगानी

गोकर्ण पहिले सामान्य मोटरसाइकल चढ्थे। केही गर्ने हुटहुटीले उनले मोटरसाइकल बेचेर घाँस खेतीमा लगानी गरेका थिए । उनले ८० हजार रुपैयाँमा मोटरसाइकल बेचेर घाँसको बीउ तथा बिरुवा ल्याएर रोपेका छन्। पछि त्यही घाँसको खेतीबाट भएको आम्दानीले पुनः नयाँ मोटरसाइकल किनेर चढ्न सफल भएको बताए। उनले यसलाई सफलताको रूपमा लिएको छ। 

वार्षिक चार महिना घाँसको हाहाकार हुने भएकाले आफ्नाे घाँस भण्डारणमा जुट्न थालेको गोकर्णले बताउँछन। फागुनदेखि जेठ महिनासम्मको सुक्खायाममा घाँसको हाहाकार हुने गर्छ। त्यो समयका लागि वर्षायाममा घाँस भण्डारण गर्न आफू लागिरहेको उनले बताए। ‘मैले चार महिनाका लागि घाँस भण्डारण गर्ने सोच बनाएकाले इस्मा गाउँपालिका र कृषि ज्ञान केन्द्रसँग पनि सहयोगको अपेक्षा राखेको छ’, गोकर्णले भने। घाँस खेती गरेर अन्य पालिकामा  निर्यात गर्दा पनि आफूलाई गाउँपालिकाको सहयोग नगरेको भन्दै जनप्रतिनिधिहरुले हौसला दिएमात्र पनि पुग्ने उनको भनाइ छ। 

पागलको उपनाम पाएँ

ग्रामीण भेगका खेतबारीमा अहिले पनि परम्परागत खेती गर्ने चलन रहेको छ। मकै, धान, कोदो र गहुँ खेती भइरहेको आफ्नो खेतबारीमा घाँस खेती सुरु गर्दा गोकर्णलाई गाउँलेले पागलको उपनाम दिएका थिए। ‘सबैले मलाई पागल भन्दै हिँडिरहेको सुन्दा पनि म कत्ति विचलित भइन्’, गोकर्णले भन्नुभयो । कर्मबाट प्रतिक्रिया दिने अठोट बोक्नुभएका गोकर्णले गाउँलेको पागल उपनाममा केही पनि नबोलेको सुनाउँछन। ‘सुरुआती चरणमा पागल भन्नेहरुले अहिले प्रशंसा गर्दा आफूलाई सफल भएको अनुभूति हुन्छ’, उनले भने।

रासस

 


प्रकाशित : शुक्रबार, असोज २१ २०७९०८:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend