शनिबार, चैत ३० गते २०८१    
शनिबार, चैत ३० २०८१
images
images

गुगल प्ले स्टोरबाट ईसेवा हट्यो, १० लाख प्रयोगकर्ताको पैसा के हुन्छ?

images
शनिबार, असोज १५ २०७९
images
images
गुगल प्ले स्टोरबाट ईसेवा हट्यो, १० लाख प्रयोगकर्ताको पैसा के हुन्छ?
images
images

काठमाडौं- गुगल प्ले स्टोरबाट डिजिटल वालेट ईसेवा हटेको छ। नेपालको सबैभन्दा बढी डिजिटल कारोबार गर्ने कम्पनी ईसेवा गुगल प्ले स्टोरमा डाउनलोड गर्नै नमिल्ने भएको छ।

images
images

गुगल प्ले स्टोरबाट शक्रुबार साँझदेखि ईसेवा गायव भएको हो। ई सेवाले प्ले स्टोरबाट हट्नुको कारणबारे अहिलेसम्म जानकारी गराएको छैन। लाखौँ प्रयोगकर्तालाई असर पर्ने/नपर्ने बारेसमेत कुनै पनि आधिकारीक धारणा सार्वजनिक गरेको छैन।

images
images

डाउनलोड भएका एपबाट भुक्तानी प्रक्रियामा के हुन्छ अहिलेसम्म सार्वजनिक गरेको छैन।

images
images

विगतमा पनि मोबाइल वालेट खल्ती र आईएमई पेको एप समेत यसैगरी गुगल प्ले स्टोरबाट हटेको थियो। पछि डकुमेन्ट अपलोड गराएपछि पुनः प्ले स्टोरमा राखिएको थियो। 

ई–सेवा एपलाई गुगलले पूर्ण रुपमा जाँचको लागि अपिल गरेको तर जाँचको चरणमा केही डकुमेन्ट पेश नगरेपछि हटाएको अनुमान गरिएको छ। 

यस विषयमा नियामक निकाय नेपाल राष्ट्र बैंकलाई समेत कुनै जानकारी भएको छैन। बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलले यस विषयमा अहिलेसम्म जानकारी नभएको र एप डानलोड नहुँदा कम्पनीकै व्यापार घाटा हुने हुँदा उनीहरुले नै काम गर्नु पर्ने बताए।

अहिलेसम्म १० लाखभन्दा बढी नेपालीले ईसेवा डाउनलोड गरिसकेका छन्। प्ले स्टोरबाट नै ईसेवा आउट हुँदा पुराना ग्राहकमा कस्तो असर पर्छ भने विषयमा कुनै जानकारी भएको छैन। तर एप्पल स्टोरमा भने ईसेवा उपलब्ध छ।

प्ले स्टोरबाट यसरी एप्लिकेसन हट्नुमा एक त सयममै प्ले स्टोरलाई तिर्नु पर्ने भुक्तानी नगर्दा पनि हुन्छ। यसैगरी समय समयमा दिनु पर्ने अपडेट कागज पत्र नबुझाउँदा पनि प्ले स्टोरबाट हट्ने अवस्था आउँछ।


प्रकाशित : शनिबार, असोज १५ २०७९०४:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend