आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

सार्वजनिक सवारी साधनबाट सडकमा फोहर फालेमा एक हजारदेखि ५ हजार रुपैयाँसम्म जरिवाना

कारबाहीको अधिकार सहायक निरीक्षकभन्दा माथिकालाई मात्र

images
बिहीबार , असोज १३ २०७९
images
सार्वजनिक सवारी साधनबाट सडकमा फोहर फालेमा एक हजारदेखि ५ हजार रुपैयाँसम्म जरिवाना

सरकारले सहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण ऐन २०७९ जारी गर्दै सार्वजनिक सवारी साधनबाट सडकमा फोहर फाल्नेलाई कारबाही गर्ने नीति लिएको हो।

images
images

काठमाडौं- सार्वजनिक सवारी साधनबाट सडकमा फोहर फालेमा यात्रु तथा सवारी चालक/सहचालकलाई एक हजारदेखि पाँच हजार रुपैयाँसम्म कारबाही हुने भएको छ। सरकारले सहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण ऐन २०७९ जारी गर्दै सार्वजनिक सवारी साधनबाट सडकमा फोहर फालेलाई कारबाही गर्ने नीति लिएको हो।

images
images
images

संघीय स‌ंसदबाट पारित भएको ऐन केही दिनअगाडि मात्रै राष्ट्रपतिबाट प्रमाणिकरण भएको थियो। ऐनमा कारबाही गर्ने व्यक्तिको पद समेत तोकिएको छ। कारबाहीको अधिकार प्रमुख कार्यकारी अधिकृत वा प्राधिकरणले तोकेको प्राधिकरणको कुनै अधिकृत कर्मचारी वा कम्तीमा सहायक निरीक्षक दर्जाको ट्राफिक प्रहरीले उक्त जरिवाना गर्न पाउने छन्।

images
images

जरिवाना लाग्ने अवस्था

images
images

- सार्वजनिक यातायातमा टिकट नलिई यात्रा गर्ने

- तोकेको भाडा नतिरी यात्रा गर्ने

- भाडा तिर्न इन्कार गर्ने वा नपाउने सुविधा लिन प्रयत्न गरेमा

- यात्रुसँग तोकिए बमोजिमको भाडा नउठाउने

- अनावश्यक सहुलियत दिने, कम वा बढी भाडा असुल गरेमा

- सार्वजनिक यातायातभित्र महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अन्य यात्रुसँग अमर्यादित व्यवहार गरेमा

- सार्वजनिक यातायातभित्र चालक, सहचालक, प्राधिकरणका कर्मचारी वा यात्रुसँग अमर्यादित भाषा प्रयोग गरेमा

- सार्वजनिक यातायातमा क्षति पुर्‍याएमा वा फोहर गरेमा 

- सार्वजनिक सवारी साधनबाट सडकमा फोहर फालेमा

- सार्वजनिक यातायात सेवाको आकस्मिक तथा नियमित निरीक्षण गर्दा यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम उल्ल‌ंघन गरेमा

तर यसरी हुने कारबाहीमा सम्बन्धित जिल्ला अदालतमा पुनरावेदन लाग्ने र समन्वय गर्नुपर्ने प्राधिकरणले यस ऐनबमोजिम एकीकृत यातायात प्रणाली सञ्चालन गर्दा सम्बन्धित प्रदेश र स्थानीय तहसँग समन्वय गरी कार्यान्वयन गर्नु पर्ने ऐनमा उल्लेख छ।

सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण ऐन 


प्रकाशित : बिहीबार , असोज १३ २०७९११:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend