शुक्रबार, चैत १६ गते २०८०    
images
images

सकियो गज्रर्याङ-नयाँ खिम्ती प्रसारण लाइन निर्माणको काम

images
images
सकियो गज्रर्याङ-नयाँ खिम्ती प्रसारण लाइन निर्माणको काम
images
images

काठमाडौं- खिम्ती र लिखु नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण गरिएको गज्रर्याङ-खिम्ती प्रसारण लाइन आयोजनाको निर्माण सम्पन्न भएको छ। 

images
images
images

रामेछाप (गज्रर्याङ)-नयाँ खिम्ती कुल एक सय ३२ किलोभोल्ट (केभी) डबल सर्किट क्षमताको हो। रामेछापको गोकुलगङ्गा गाउँपालिकाको गज्रर्याङबाट सुरु भई दोलखाको तामाकोसी गाउँपालिका हुँदै रामेछापकै मन्थली नगरपालिका-१३ स्थित साँखे (फुलासी) स्थित नयाँ खिम्ती सबस्टेशनमा  टुङ्गिने प्रसारण लाइनको लम्बाइ ३१ किलोमिटर छ। प्रसारण लाइनका लागि एक सय पाँचवटा टावर निर्माण गरिएका छन्।

images

आयोजनाअन्तर्गत गज्रर्याङमा एक सय ३२ केभीको नयाँ सबस्टेशन र नयाँ खिम्ती सबस्टेशनमा एक सय ३२ केभीको वे निर्माण गरिएको छ। गज्रर्याङ सबस्टेशनमा १३२/३३ केभी, ३० एमभिए र ३३/११ केभी ६/८ एमभिए क्षमताका थ्री फेज पावर ट्रान्सफर्मर जडान गरिएको छ। गज्रर्याङ सबस्टेशनबाटै स्थानीयरूपमा विद्युत् दिइने भएकाले त्यस क्षेत्रको विद्युत् आपूर्ति पनि भरपर्दो र गुणस्तरीय हुने छ।
 
प्रसारण लाइन र सबस्टेशन निर्माण सम्पन्न भएपछि करिब दुई सय मेगावाट विद्युत् प्रवाहका लागि पूर्वाधार तयार बनेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए।
 
'स्थानीयको अवरोधलगायतका कारणले समस्यामा परेको प्रसारण लाइनको निर्माण सम्पन्न गरी परीक्षण भइरहेको छ, अब केही दिनमै सञ्चालन (चार्ज)मा ल्याउन परीक्षणका कामहरू भइरहेका छन्', कार्यकारी निर्देशक घिसिङले भने।

images
images

हाल कुल १२ मेगावाटको उपल्लो खिम्ती र सात मेगावाटको उपल्लो खिम्ती दोस्रो जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् वैकल्पिक व्यवस्था गरी जोडिएको छ। अब ती आयोजनाको विद्युत गज्रर्याङ-खिम्ती प्रसारण लाइनमा जोडिन्छ। प्रसारण पूर्वाधारको अभावमा विद्युत् खेर जाने अवस्थाको अन्त्य भएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिए।
 
स्थानीयको अवरोधका कारण गज्रर्याङ-खिम्ती निर्माणमा केही ढिला हुने देखिएपछि गत वैशाख १५ गतेदेखि वैकल्पिक व्यवस्थामार्फत उपल्लो खिम्ती र उपल्लो खिम्ती दोस्रो जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् गज्रर्याङ सबस्टेशनबाट ३३ केभी प्रसारण लाइनमार्फत जिरी सबस्टेशनमा जोडिएको छ। जिरी सबस्टेशनबाट चरिकोटस्थित मकैबारी सबस्टेशन हुँदै सिङ्गटी सबस्टेशनमार्फत विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह गरिएको छ। 

गज्रर्याङ-खिम्ती प्रसारण लाइनको मार्गधिकारमा पर्ने जग्गाधनीले शतप्रतिशत मुआब्जाको माग गर्दै निर्माणमा रामेछापको गोकुलगङ्गा गाउँपालिकास्थित ठोसे, धारापानी, बेताली, नाममाडी र दोलखाको तामाकोसी गाउँपालिकाको सहरे क्षेत्रमा निर्माणमा अवरोध गरेका थिए। केही स्थानमा मार्गधिकारमै नपर्ने जग्गा तथा घरधनीले मुआब्जा तथा क्षतिपूर्तिको माग गर्दै प्रसारण लाइनको तार तान्न दिएका थिएनन्। 

स्थानीयसँगको छलफल, स्थानीय तह तथा प्रशासन, प्राधिकरणको उच्च व्यवस्थापन लगायतको निरन्तर पहल, प्रयास र सहयोगमा प्रसारण लाइन निर्माणमा रहेको अवरोध हटाइएको आयोजना प्रमुख अनुप गौतले जानकारी दिए। 

आयोजना प्रारम्भिक काम आर्थिक वर्ष २०६७ /६८ देखि  सुरु भएको थियो भने निर्माण लागि पिङगाओ ग्रुप कम्पनी, चीनसँग माघ २०७३ मा ठेक्का सम्झौता भएको थियो। उपल्लो खिम्ती र उपल्लो खिम्ती दोस्रो आयोजनाका प्रवद्र्धक हिमालय ऊर्जा विकास कम्पनीका प्रवद्र्धक सम्बद्ध फ्रेण्डसीप इञ्जीनियरिङले सब कन्ट्रयाकमा काम लिएको थियो। कोभिड-१९को महामारी, समयमा निर्माण उपकरण आयोजनास्थलमा ल्याउन समस्या र स्थानीयको अवरोधका कारण आयोजनाको निर्माण प्रभावित भएको थियो।
 
अनुमानित लागत दुई करोड अमेरिकी डलर रहेको आयोजना नेपाल सरकारको लगानीमा निर्माण भएको हो। आयोजनाअन्तर्गत नयाँ खिम्ती सबस्टेशनमा दुई सय २०/एक सय ३२/३३, दुई सय एमभिए क्षमताको पावर ट्रान्सफर्मर जडान गरिने छ।
 
नयाँ खिम्ती सबस्टेशनको क्षमता अपुग हुने भएकाले क्षमता विस्तार गर्न लागिएको हो। माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले निर्माण गरेको दुई सय २० केभी सबस्टेशनमा अहिले एक सय एमभिएको पावर ट्रान्सफर्मर रहेको छ।

images

प्रकाशित : बिहीबार , असोज १३ २०७९०९:२४

प्रतिक्रिया दिनुहोस
images
ट्रेन्डिङ