शनिबार, चैत ३० गते २०८१    
शनिबार, चैत ३० २०८१
images
images

मोबाइल इन्टरनेटको तीव्रता सूचकमा दुई स्थान तल झर्‍यो नेपाल 

images
मंगलबार, असोज ४ २०७९
images
images
मोबाइल इन्टरनेटको तीव्रता सूचकमा दुई स्थान तल झर्‍यो नेपाल 

दक्षिण एसियामा नेपालभन्दा अघि भारत, पाकिस्तान तथा श्रीलंका रहेका छन्। 

images
images

काठमाडौं- मोबाइल इन्टरनेटको तीव्रता सूचकमा नेपाल २ स्थान तल खस्किएको छ। 

images
images

संसारका १४० देशमध्ये नेपाल १२४ औँ स्थानमा रहेको छ। यो जुलाईको तुलनामा २ स्थान तल हो। जुलाईमा नेपाल यो सूचीमा १२२ औँ स्थानमा थियो। 

images
images

इन्टरनेटको गति तथा नेटवर्क सम्बन्धि अनुसन्धान गर्ने संस्था ओकलाका अनुसार अगस्ट २०२२ मा मोबाइल इन्टरनेटको तीव्रता  घटेको छ। नेपालको इन्टरनेट संसारकै सुस्त हुने मध्येमा परेको छ। 

images
images

दक्षिण एसियामा नेपालभन्दा अघि भारत, पाकिस्तान तथा श्रीलंका रहेका छन्। 

त्यस्तै फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेटमा भने नेपालको अवस्था सन्तोषजनक रहेको छ। ओक्लाको र्‍यांकिङमा नेपाल  ८१ औँ स्थानमा रहेको छ। जुलाईको तुलनामा १ स्थान माथि उक्लिएर नेपाल ८१ औँ स्थानमा पुगेको हो। संसारका १८२ मुलुक रहेको यो सूचीमा नेपालको अवस्था मोबाइल इन्टरनेटको तुलनामा राम्रो देखिएको हो। 

ओक्लाको तथ्यांक अनुसार नेपालमा एनसेलको मोबाइल इन्टरनेट सबैभन्दा तीव्र रहेको छ।

 


प्रकाशित : मंगलबार, असोज ४ २०७९११:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend